• उपेन्द्र गोले :

रौतहट–रौतहटको चन्द्रपुरमा नेपाल तामाङ घेदुङले शनिबार गाउँ कमिति गठन गरेको छ । चन्द्रपुर नगरपालिकाको उत्तरी भेगको भोलुम्टार,इपिल बस्ति र अरुणबस्तिमा बसोबास गर्दै आएका स्थानिय तामाङहरुको भेलाले ११ सदस्यीय गाउँ इकाई कमिटि गठन गरेको हो ।

कमिटिको अध्यक्षमा लाली माया थोकर,उपाध्यक्ष भक्त बहादुर गोले,सचिव विष्णु स्याङ्तान, सहसचिव संग्राम सिंह गोले,कोषाध्यक्ष बिमला स्याङ्तान हुनुहुन्छ ।

सदस्यहरुमा जेके भोलन, सञ्चमान मोक्तान,मान सिंह तामाङ, पूर्ण बहादुर वाइबा,पूर्ण बहादुर गोले र अनिसा योञ्जनलाई चयन गरिएको छ ।

यो गाउँ कमितिलाई सक्रिय रुपमा अगाडी बढाउन शंकरमान घिसिङको संयोजकमा ३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ ।

कार्यक्रम नेपाल तामाङ घेदुङ संघिय सदस्य खड्ग बहादुर तामाङको प्रमुख आतिथ्यततामा सम्पन्न भएको हो भने विशिष्ट अतिथिमा प्रदेश २ का उपाध्यक्ष यमलाल गोलेका साथै नेपाल तामाङ घेदुङ भाषा लिपि साहित्य तथा प्रशिक्षण विभाग सदस्य उपेन्द्र गोले,रौतहट जिल्ला सचिव बाल कुमार लामा,जिल्ला सदस्य सन्त बहादुर वाइबा लगायत पनि अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।

स्थानिय तामाङ अगुवा र स्थानिय तामाङ समुदायको बाक्लो सहभागीता रहेको कार्यक्रमका अधिकांस बक्ताहरुले तामाङ समुदायको भाषा संस्कृति,भेषभुषा,रहनसहनको संरक्षणमा जोड दिएका थिए ।

यो भेला चन्द्रपुर वडा नम्बर ३ को नेपाल तामाङ घेदुङ वडा कमिटिका अध्यक्ष ज्ञानमान वाइबाको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस !