- नमोबुद्ध संवाददाता :
कुशादेवी–काभ्रे जिल्लाको पनौती नगरपालिकास्थित वडा नं. २ र ३ लाई शनिबार बालमैत्री वडा घोषणा गरिएको छ ।
कुशादेवीमा आयोजित औपचारिक समारोहका बिच सञ्चार तथा सूचता प्रविधि मन्त्री गोकुल बाँस्कोटाले यि दुई वटा वडालाई बालमैत्री वडा घोषणा गर्नुभएको हो ।
पनौति नपा वडा नं. २ र ३(साविक कुशादेवी गाविस)मा बालमैत्री स्थानिय शासनको ३९ वटा सुचकांक पुरा भएपछि बालमैत्री वडा घोषणा गरिएको नगर प्रमुख भिम न्यौपानेले जानकारी गराउनुभयो ।
बालमैत्री वडा बनाउन सफल दुई वटा वडालाई नगरपालिकाको तर्फबाट नगद रु ५ ⁄ ५ लाख द्धारा पुरस्कृत गरिएको पनि प्रमुख न्यौपानेले बताउनुभयो ।
उपप्रमुख गीता बञ्जाराले स्थानिय अभिभावक,सहयोगी सामाजिक कार्यकर्ता,शिक्षक,बालक्लव,जनप्रतिनिधि सबैको हातेमालोबाट यि दुई वडालाई काभ्रेकै तेस्रो वालमैत्री वडा घोषणा गर्न सम्भव भएको बताउनुभयो ।
वडामा बालबालिकाका हित अनुकुलका कार्यक्रमहरु सञ्चालन गरिएपश्चात बालमैत्री वडा घोषणा गर्न सफल भएकोमा बालक्लबका पदधिकारी तथा सदस्यहरु शनिबारको औपचारिक समारोहमा खुसी मनाउन आए । उनिहरुले यसलाई दिगो बनाउन आग्रह पनि गरे ।
उनिहरुले बालअधिकार सम्बन्धी अन्तराष्ट्रिय महासन्धी १९८९ को स्मरण गर्दै त्यसमा उल्लेखित बालअधिकारका मुलभुत कुराहरु पनौती नगरपालिकाको वडा नम्बर २ र ३ मा व्यवहारिक रुपमा कार्यन्वयनमा आएकोमा खुसी व्यक्त गरेका हुन् ।
बालमैत्री घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँसकोटाले पनि खुसी व्यक्त गर्नुभयो । उहाँले स्थानिय तह तथा जनप्रतिनिधि ,शिक्षक तथा अभिभावकले बालबालिकाप्रति देखाएको संवेदनशीलता,उनिहरुप्रतिको जिम्मेवारीवोधपछिको राम्रो कर्मले आज साकार रुप लिएको धारणा राख्नुभयो ।
आजको बलबालिका संस्कारयुक्त र ईमान्दार हुन आवश्यक रहेकोतर्फ इंगित गर्दै उहाँले भन्नुभयो–“विद्यालयले शिक्षा मात्रै दिने हो संस्कार त समाजबाटै सिक्ने हो त्यसैले यहाँहरुलाई यो अनुरोध गर्न चाहन्छुकी वालवालिकालाई धनी बन्न उप्रेरित गर्नेभन्दा बढि इमान्दार हुन सिकाउनु पर्छ किनकी हामीले परिश्रम गर्ने कल्चरलाई सँगसँगै लैजानु छ,जिम्मेवार नागरिक बनाउनुछ ।
प्रदेश सांसद बसुन्धारा हुँमागाईंले यि दुई वटा वडाबाट अरु स्थानिय वडा र स्थानिय तहहरुले पनि सिक्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा बालमैत्री वडा बनाउन साथ सहयोग गर्ने पनौती नगरपालिका,सहयोगी सामाजिक कार्यकर्ता लगायतलाई सम्मान पनि गरिएको छ ।
कार्यक्रममा शिक्षक,अभिभावक,बालबालिका,जनप्रतिनिधि,अधिकारकर्मी,सञ्चारकर्मी लगायतको उल्लेख्य सहभागिता थियो ।