• नमोबुद्ध संवाददाता :

काठमाडौं–तामाङ भाषाको चलचित्र ‘म्युङ पुजू’ अर्थात् तिखो काँडाको छायांकन लगभग अन्तिम चरणमा पुगेको निर्माण पक्षले जानकारी दिएका छन ।

घमण्डपनले गर्दा आफ्नै परिवारमा कसरी फाटो आउँछ भन्ने कहानीको रुपान्तरणलाई चलचित्रको रुपमा दर्शकहरुले हेर्न पाउने भएका हुन् ।

प्रमुख पात्रको रुपमा नायकको भुमिकामा प्रेम गोले तामाङ, ईश्वर लामा तामाङ हुनुहुन्छ भने नायिकामा सुस्मा मोक्तान र डोल्मा तामाङलाई देख्न सक्नुहुनेछ ।

कान्छीमाया गोलेको निर्माण भईरहेको म्युङ पुजूमा आमाको भुमिका कान्छीमाया स्वयम्ले निभाउनुभएको छ । साथै भुईसल लामालाई समेत मुख्य पात्रको रुपमा देखिने निर्माण टोलीले स्पष्ट पारेको छ ।

अजय स्याङ्तानको निर्देशनमा यस चलचित्र तामाङ सुपर स्टार डम्फु मिडियाको ब्यानरमा आउन लागेको हो । बिक्रम मोक्तानले छायांकन गरिरहेको यस चलचित्रको कथा लेखन सुजन तामाङ, पटकथा रितुराज पाख्रिन, द्वन्द्व निर्देशन सुरज श्रेष्ठ र सुरेस वाईबा तथा सह निर्देशकमा बद्री तामाङ हुनुहुन्छ ।

यस चलचित्रमा वीर बहादुर स्याङ्तान तामाङ , अभिनाश तामाङ , सुजल तामाङ , राजु तामाङ, भिम तामाङ , प्रिङका रेग्मी , हिमा पाख्रिन, लक्ष्मी तामाङ लगायतले पनि अभिनय गर्नुभएको छ ।

चार वटा गीत समेटिएको चलचित्र ‘म्युङ पुजू’मा निमा दोङ र प्रयास दोङको संगीत रहेको छ भने इन्दिरा गोले, विशाल काल्तान, जितु लिप्चन र सुरेश लामाले आवाज भर्नुभएको छ । चलचित्रको सबै गीत कुमार स्याङबाले रचना गर्नुभएको हो ।

चलचित्रको धेरै दृश्यहरु सिन्धुपाल्चोकको तातोपानी, डल्लेपोखरी, बलेफी डाँडागाउँ, धुस्कोट, बाह्रबिसे, मुडे लगायतका रमणीय स्थलहरुमा छायांकन गरिएको छ । यि ठाउँहरुको अलावा काठमाडौं वरपरका दृश्यहरुलाई पनि समेटिएको निर्देशक अजय स्याङतानले जानकारी दिनुभयो ।

छयांकनपछि अन्य प्राविधिक कामहरु छिट्टै सम्पन्न गरी दर्शकमाझ ल्याउने तयारीमा लाग्ने निमात्री कान्छीमाया गोलेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !