- सेम्ह्रो फूलमान मोक्तान :
सिन्धुपाल्चोक–बाह्रविसे नगरपालिकाले आगामी वर्षका लागि नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गरेको छ ।
पाँचौ नगरसभा बैठक अनुसार सिन्धुपाल्चोक प्रतिनिधि सभा १ का सभासद अग्नि प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा यस नगरपालिकाले ५२ करोड ५० लाखको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
नगरसभा लाई सम्बोधन गर्दै सापकोटाले बाह्रबिसे नगरलाइ चीन सङको ट्रान्जीट सिटी बनाउने वचन बद्धता गर्नुभयो । विशेष अतिथीका रुपमा उपस्थित जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले पनि स्थानिय तह,प्रदेश र संघ सरकारबिचको समन्वयमा बाह्रविसले फड्को मार्नुे विश्वास व्यक्त गर्नुभयो ।
यस नगरले शिक्षा, स्वास्थ्य, सडक र कृषिलाई बाह्रविसे नगरपालिकाले प्राथमिकतामा राखेको छ । जहाँ विद्यार्थी त्यहाँ शिक्षकको नारासहित बाह्रविसे नगरपालिकाले स्थानीय तहमा शिक्षक दरवन्दी मिलन र समायोजनको योजना अघि सारेको छ । दरवन्दी अभावमा रहेका विद्यालयहरुमा स्वयंसेवक शिक्षकको अवधारण समेत नीति कार्यक्रममा ल्याइएको छ ।
स्वास्थ्य सेवामा नगरवासीको पहुँच वृद्धिका लागि बाह्रविसेले घुम्ती स्वास्थ्य शिविरको नीति लिएको छ । घरदैलामै स्वास्थ्य पहुँच कार्यक्रम अन्तर्गत नगरभित्रका प्रत्येक वडामा घुम्ती स्वास्थ्य शिविर संचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
एक घर एक धाराको योजनादेखि एक वडा एक खेलमैदानको पनि कार्यक्रम ल्याइएको छ । पर्यटकीय संभावना बोकेका स्थानहरुको पहिचान गर्दै पर्यटन प्रवद्र्धनका कायृक्रम संचालन गर्ने नीति कनर्यक्रममा उल्लेख छ ।
नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर निमफुन्जो शेर्पाले टुङटुङ खोला, सुँगुरे तथा घुँडे क्षेत्रमा रक क्लाइम्बीङ र क्यानोनिङको सम्भाव्यता अध्ययन र आवस्यक पुर्वाधार निर्माण गरिने बताए ।
यूवा स्वरोजगारका लागि बिदेशबाट फर्किएका यूवाहरु र बेरोजगार यूवाहरुको तथ्यांक संकलन गर्दै उनीहरुका लागि स्वरोजगारमुखी सीप र तालिम दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । कृषिक्षेत्रलाई व्यवसायीकरण गर्दै उत्पादन वृद्धि गर्नेमा बाह्रविसेले जोड दिएको छ ।
माटो परीक्षण गरि उपयुक्त बालीको खेति गर्दै उत्पादन वृद्धिका कुरा नीति कार्यक्रममा समावेश छन् । व्यवसायिक क्षेत्रमा लाग्न चाहने यूवाका लागि आवस्यक तालिम र यन्त्र उपकरणको व्यवस्था गर्ने समेत नीति लिइएको नगर प्रमुख(मेयर) निमफुन्जो शेर्पाले बताउनुभयो ।
उहाँका अनुसार गाउँमै सिहँदरवारको नारालाई व्यवहारमै देखाउन बाह्रविसे नगरपालिकाले गाउँ गाउँमा पुगेर सेवा प्रवाहको नीति लिएको छ । एकीकृत घुम्ती शिविर संचालन गरि गाउँ टोलमै पुगेर नगरका सेवा दिइने कुरा नीति कार्यक्रममा उल्लेख छ ।
दैवी प्रकोप तथा प्राकृतिक विपतबाट पीडित ब्यक्ति तथा घरलाई आगामी आर्थिक वर्षमा सम्पति कर मिनाहाको नीति लिइएको उपप्रमुख(उपमेयर) शुशिला पाख्रिनले जानकारी दिनुभयो ।