• नमोबुद्ध संवाददाता :

रौतहट–नेपाल तामाङ घेदुङ चन्द्रपुर वडा नम्बर ४ र ५ को संयुक्त प्रथम अधिबेशन शनिबार सम्पन्न भएको छ ।

चन्द्रपुर ४ स्थित जिक्तेन पाल्ज्योर गुम्बा टेकानमा सम्पन्न भेलाले बुद्व बहादुर घलानको अध्यक्षतामा ११ सदस्यीय संयुक्त समिति चयन गरेको छ ।

अधिबेशन भेलाले उपाध्यक्ष संजय लामा,सचिवमा सुधा वाइबा,सहसचिवमा सानमान गोले,कोषाध्यक्षमा छोइसाङ घिसिङलाई जिम्मेवारी दिएको छ ।

समितिको सदस्यमा दिल बहादुर लामा,विष्णु लामा लगयत हुनुहुन्छ ।

मुलुक संघीयतामा गएपछि बनेको घेदुङको नयाँ सांगठनिक संरचना अनुसार भएको अधिबेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले लगत्तै सपथ तथा गोपनियता ग्रहण गरे ।

अधिबेशनका प्रमुख अतिथि प्रदेश २ का उपाध्यक्ष यमलाल गोलेले धर्म संस्कृतिको जगेर्ना गर्न तामाङ घेदुङको भुमिको अपरिहार्य रहेको दावी गर्नुभयो ।

नेपाल तामाङ घेदुङको आवश्यकता पुष्ट्याई गर्दै यसको नीति तथा कार्यक्रमबारे भाषा लिपि साहित्य तथा प्रशिक्षण विभाग सदस्य उपेन्द्र गोलेले प्रष्ट पार्नुभएको थियो ।

चन्द्रपुर नगर घेदुङका अध्यक्ष लाल बहादुर दोङको सभाध्यक्षतामा सम्पन्न अधिबेशनमा सचिव देव बहादुर लामाले घेदुङमा आवद्ध सबैलाई अविचलित भई अघि बढ्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !