
- नमोबुद्ध संवाददाता :
नयाँगाउँ–काभ्रेको मन्डन देउपुर नगरपालिका–०४ चैनपुर नयाँगाउँमा नगरपालिकाको संयोजनमा मुक्त नेपालद्धारा निर्मित विद्यालय भवन समुदायमा हस्तान्तरण भएको छ ।
२०७२ बैशाख १२ को भुकम्पले भवन भत्किएको महाकाली माविले १ करोड ३१ लाखको पक्की भवन पाएको हो ।
४ कोठे भवनको साँचो मुक्त नेपालद्धारा नगर प्रमुख टोकबहादुर वाईबालाई र नगर प्रमुख वाईबाद्धारा विद्यालय व्यवस्थापन समितिलाई जिम्मा लगाईएको छ ।
झण्डै हजार स्थानियको उल्लासमय उपस्थितिमा शुक्रबार भवनको मण्डनदेउपुर नगरपालिकाका प्रमुख वाइवा र मुक्त नेपालको ईभी जमर्ननी अध्यक्ष एलिना रुडल्सले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
भव हस्तान्तरण कार्यक्रममा नगरप्रमुख वाइवाले भवनको जतन गर्न र अधिकतम सदुपयोग गर्न विद्यालय व्यवस्थापन समितिलाई आग्रह गर्नुभयो ।
नगरपालिकामा जनप्रतितिनिधि आएसँगै थुप्रै शैक्षिक सुधारहरुको प्रयास भएको उल्लेख गर्दै उहाँले शिक्षाको गुणात्मक पाटोमा महत्वपूर्ण भुमिका रहने भौतिक विकासमा मुक्त नेपालले खेलेको भुमिकाप्रति धन्यबाद व्यक्त गर्नुभयो ।
नगर उपप्रमुख निर्मला शाहीले मन्डन देउपुरको विकास गर्न हातोमालो गर्न आएको मुक्त नेपाललाई सदैव स्वागत रहने बताउनुभयो ।
शैक्षिक विकासमा ठोस योगदान दिने उद्धेश्यले मुक्त नेपालले मन्डन देउपुर रोजेको मुक्त नेपालका नेपाल अध्यक्ष राजकुमार खत्रीले बताउनुभयो ।
पक्की भवन पाएसँगै स्थानिय अभिभावक र विद्यार्थी खुसी भएका छन् । यहि खुसीमा भवन निर्माणमा भुमिका खेल्ने नगरप्रमुख(मेयर),उपप्रमुख(उपमेयर),मुक्त नेपालको ईभी जमर्ननी अध्यक्ष लगायतलाई स्थानियले बाजागाजाना गर्दै फूलमालाले स्वागत गरे । खुसीयालीमा विद्यार्थीहरुले नाचगान गरे ।
लौ हेर्नुहोस् भिडियो :
स्थान नमिलेका हाल महाकाली मावि सञ्चालनमा रहेको ठाउँबाट १ किलोमिटर उत्तरपूर्वि क्षेत्रमा बनेको यो पक्की भवन प्रयोगमा सहजस्थिति नरहेपनि यसको सदुपयोग गरेरै छाड्ने विद्यालय व्यवस्थापन समितिको तयारी छ ।
१ किलोमिटर बाटो दुरीको दुई स्थानमा एउटै विद्यालयको भौतिक संरचनाका कारण विद्यार्थी बाँडेर पठनपाठन गराउने स्थिति नभएमा विद्यालयकै होस्टेल तथा प्राविधिक शिक्षालय बनाउन सकिने स्रोत बताउँछ ।