- नमोबुद्ध संवाददाता :
काठमाडौं– एक नम्बर प्रदेशको इटहरीमा आयोजना हुने प्रदेशस्तरीय बहुभाषिक सङ्गीत उत्सवको तयारी पूरा भएको छ ।
आयोजक नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख एवम् उत्सव संयोजक प्राज्ञ अशोककुमार राईका अनुसार उत्सव स्थल छनौट एवम् व्यवस्थापन,अतिथि आमन्त्रण तथा स्वागत,प्रचारप्रसार लगायतका सबै तयारी सकिएको छ ।
सुनसरीको इटहरीस्थित स्थानिय तायारिम्चि भवनमा हुने उत्सवमा १२ भाषाका सङ्गीत प्रस्तुतीका साथै सङ्गीत विमर्श पनि चल्नेछ ।
प्रतिष्ठानका साथै सङ्गीत साधना प्रतिष्ठान, नेपाल, इटहरीको स्थानीय आयोजनामा वैशाख २७ गते शुक्रबार सुरु हुने दुई दिने उत्सवको एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने तय भएको प्राज्ञ शशी लुमुम्बूले जनाउनुभयो । उहाँका अनुसार उत्सव २७ र २८ गते दुई दिन चल्नेछ ।