• नमोबुद्ध संवाददाता :

काठमाडौं– यहि बैशाख २६ र २७ गतेका लागि तय गरिएको ‘तामाङ अन्तराष्ट्रिय चलचित्र महोत्सव २०१९’ एक महिना पछाडीका लागि सारिएको छ ।

आन्तरिक तयारीका लागि समय अपर्याप्तता र अझै बृहत ढंगले गर्ने गरी यो महोत्सव आगामी जेठ २९ र ३० (जून १२ र १३) गते राष्ट्रिय सभा गृहको हलमा हुने गरी सारिएको आयोजक समितिले मंगलबार बेलुका प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको हो ।

प्रेस विज्ञप्तिमा जनाए अनुसार महोत्सवलाई थप स्पष्ट पार्ने गरी नाममा पनि केहि संशोधन गरिएको छ । ‘यो महोत्सव विधागत रुपमा भिन्न भएको स्पष्ट पार्दै ‘तामाङ अन्तराष्ट्रिय इन्डीपीन्डेन्ट चलचित्र महोत्सव–२०१९’ (Tamang International Independent Film Festival TIIFF 2019)  का रुपमा राष्ट्रिय सभागृहको हलमा गर्ने जानकारी गराउंदछौं ।’–विज्ञप्तिमा उल्लेख छ ।

तामाङ समुदायमा सरोकार राख्ने विभिन्न संघसस्थासंग छलफल तथा संवाद भईरहेको जानकारी दिदै यसबाट महोत्सवलाई अझ वृहत ढंगले सम्पन्न गर्न हौसला मिलेको आयोजकले बताएको छ ।

महोत्सवप्रति चासो व्यक्त गर्दै नेपाल तामाङ घेदुङ, तामाङ चलचित्र संघ लगायत विभिन्न संघसंस्थाहरु पनि आ–आफ्नो तवरबाट सहयोग गर्न सकारात्मक रहेकोमा स्वागत तथा धन्यवाद ज्ञापन गर्दै आयोजकले सम्पुर्ण तामाड समुदायको यस्तै सद्भावपूर्ण सहयोग रहने अपेक्षा समेत राखेको अध्यक्ष विगेन्द्र वाईबाले बताउनुभयो ।

महोत्सव तामाङ सौन्दर्य, जीवनशैली र ज्ञान परम्परा झल्किने एवं तामाङ समुदायसमा प्रत्यक्ष सरोकार राख्ने विषयबस्तुमाथि बनेका तामाङ फिल्म, डकुमेन्ट्री र छोटो फिल्म समेट्दै प्रत्यक्ष रुपमा तामाङ भ्वाइस,सेलो फाउण्डेशन र एससीआरसीले मिलेर गर्न लागेका हुन् ।

प्रेस विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस !