• नमोबुद्ध संवाददाता

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता ५ नम्बर प्रदेशमा वैशाखमा हुने टुंगो लागेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले प्रतियनेगिता वैशाख ५ देखि ११ गतेसम्म ५ नम्बर प्रदेशको नेपालगञ्जमा गर्ने मिति तय गरेको हो ।

यसअघि चैत महिनामै गर्ने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सरेर वैशाखमा पुगेको हो । पटक, पटक मिति सरिसकेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता बारे अन्यौलता छाएपछि युवा तथा खेलकुद मन्त्रालयले राखेपको बोर्ड बैठक बोलाएको थियो ।

शुक्रबार बसेको बोर्ड बैठकले अब नसर्ने गरी मिति तोकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !