नमोबुद्ध संवाददाता :
काठमाण्डौं–इन्डोनेसियाको पूर्व प्रान्त पपुवामा २४ मजदुरको हत्या भएको छ । बन्दुकधारीले गोली हानेर निर्माण क्षेत्रमा संलग्न कम्तिमा २४ जना मजदुरको हत्या गरेका हुन् ।
इन्डोनेसियाको निकै दुर्गम पहाडि गाउँ नदुगा क्षेत्रमा सडक र पुल निर्माणमा संलग्न मजदुरको गोली हानी हत्या भएको बीबीसीले लेखेको छ।
मजदुरको हत्या भएको विषयमा छानबिन गर्न गएको सुरक्षाकर्मीको टोलीमा संलग्न एक जनाको समेत गोली हानी हत्या भएको अधिकारीहरुले जनाएका छन् । प्रहरीले घटनामा पृथकतावादीको संलग्नता रहेको आरोप लगाएको छ ।
फाईल तस्वीर