
नमोबुद्ध संवाददाता :
काठमाण्डौं–नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा मूल्यमा प्रति लिटर दुई रुपैयाँ घटाएको छ ।
निगमका निर्देशक वीरेन्द्र गोइतले पेट्रोलको नयाँ बिक्री मूल्य प्रतिलिटर १ सय १२ रुपैयाँ तथा डिजेल र मट्टितेलको ९९ सय रुपैयाँ कायम गरिएको जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा कमी आएकाले मूल्य समायोजन गरिएको उहाँको भनाई छ । सोमबार राति घटाएको मूल्य आजदेखि लागू भएको छ ।
घटेको मुल्य अनुसारको दररेट कतै लागू नगरिएको पाईएको कारवाही गरिने निगमले जनाएको छ । निगमका अनुसार एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।