सेम्ह्रो फूलमान मोक्तानः

धुलिखेल–गायक सन्तोष लामा वाईबाको “माथि माथि लेकमा” बोलको सेलो गित भिडियो सहित सार्वजानिक गरिएको छ ।
लगातार दुईदिन दोलखाको पर्यटकिय क्षेत्र खरिढुङगा र कालिन्चोक आसपासमा छायांकन गरिएको भिडियो हालै क्लिक नेपाल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

अमर लामा बम्जनको शब्द र संगितमा तयार भएको गितलाई बुद्ध लामा तितुङको निर्देशनमा रामेश्वर जिरेरले क्यामेराकैद गर्नुभएको हो ।
छोटो समयमै यामर सिं ब्लोनको श्रृङगारमा रबिता मगर , ममता मोक्तान, सुरज लामा र जीवन मानन्धर लगायतका कलाकारहरुले दम्दार अभियन गरेको भिडियोको चर्चा बढ्न थालेको छ ।

नयाँ प्रविधिमा मौलिक परिवेशलाईनै पस्किन खोजेकोले स्रोता दर्शकको मन जित्ने निर्माण पक्षको दाबी छ ।  दर्जन बढि गित गाईसकेका गायक सन्तोषको पनि “माथि माथि लेकमा” भिडियोले आफ्नो सांगितिक करिअर उचाईमा पुर्याउन थप वल पुग्ने अपेक्षा छ ।

उहाँको यो भन्दा अगाडि “बाध्यता” एल्बम बजारमा आईसकेको छ । उक्त एलबमको “बाध्यताले आईपुगे म यो बिरानो सहरमा” , “लेक माथि फुल्ने गुराँस” जस्ता गितले चर्चा पाएको थियो ।

प्रतिक्रिया दिनुहोस !