सांकेततिक तस्वीर :
राजन महतारा क्षेत्री….
रामेछाप—भुकम्पको कारण भत्किएको रामेछापको पहिलो माध्यमिक विद्यालय गौरीशंंकर माध्यमिक विद्यालयको पुननिर्माण भएको छ । भुकम्प गएको तीनबर्षपछि गौरीशकंर माविको पुन निर्माण सम्पन्न भएको हो । वि सं.२०२० सालमा स्थापना भएको विद्यालय भुकम्पको कारण ध्वस्त भएकोले एशियाली विकास बैँकको आर्थिक सहयोगमा पुननिर्माण गरिएको हो ।
एसियाली विकास बैँकको भुकम्पिय अपातकालीन सहायता आयोजना कार्यक्रम अन्तर्गत विद्यलाय भवन बनेको हो । रामेछाप नगरपालिका–८ मा निर्मित ५ वटा भवनमा ३० वटा कोठा रहेका छन,आधुनिक प्रविधिबाट बनाईएका सुविधायुक्त विद्यालय भवन छेउमा २ वटा शौचालयहरु पनि बनाइएको छ ।
खानेपानीको धारा र ट्याङकी सहित ११ करोड २८ लाखमा निर्मित विद्यालय भवन अपाङ्गमैत्री र बालमैत्री रहेको विद्यालयका शिक्षक डिल्लीश्वर बस्नेतले बताउनुभयो । पछिल्लो समय जिल्लामा बनेको यो नमुना भवन रहेको शिक्षक बस्नेतले दाबी गर्नुभयो ।
भुकम्पगएको तीनवर्षसम्म अस्थायी टहरामा पठनपाठन गर्दै आएका विद्याथीहरु सुविधा सम्पन्न नयाँ भवनमा पढ्न पाउँदा खुसी भएका छन् ।