नमोबुद्ध संवाददाता
“तामाङ ह्रिमठिम(सँस्कृति) हराए तेमाल जानु ।” यो उक्ती तेमाल बाहिर नेपालका विभिन्न गाउँ र भारतको दार्जलिङ,कालिम्पोङ लगायतका ठाउँसम्म धेरै सुनिन्छ, यसको आशय तामाङ सभ्यताको विकास काभ्रेको तेमालबाट भएको हो,अझै यो ठाउँमा यो समुदायको संस्कार सँस्कृति,भाषा जिवीतै छ । प्राकृतिक छटाले भरिपूर्ण ठाउँ त हुदै हो तेमाल, अचेल पद्म सम्भव(गुरु ह्रेम्पोछे) ले ध्यान गरेका पवित्र भुमि तेमालको तोङसोमकुण्ड आउने दक्षिण एसियाली पर्यटकको भिडनै देखिन्छ ।
विशेषत : यहाँको मौलिकपनलाई समातेर साँस्कृतिक पर्यटनको विकास गर्नुपर्ने कुरा धेरै उठ्ने गर्छ तर राज्यले खासै कदम चालेको पाईदैन, यद्यपी तेमाल गाउँपालिकाको आर्थिक वर्ष २०७५/०७६ को आफ्नो नीति,बजेट तथा कार्यक्रमले केहि सम्बोधन गर्ने प्रयास गरेको वडा नम्बर ०१ सस्र्युंखर्क आधाबाट(डहुन्हान)का अध्यक्ष मानबहादुर श्रेष्ठले बताउनुभयो । यसबारे सम्भाव्यता अध्ययन थालिने उहाँले जानकारी दिनुभयो ।
अन्तरवार्ता भिडियो हेर्नुहोस् ।