नमोबुद्ध संवाददाता :
काठमाण्डौं–पार्टीभित्रको किचलो बाहिर आउन थालेपछि नेकपाका नेताहरु छलफलमा जुटेका छ् । शीर्ष नेताबीचको किचलो नमिल्दा लम्बिएको तल्लो तहको एकीकरण प्रक्रिया छलफल गरी दसैंअघि नै टुंग्याइने भएको छ । नेकपाको माथिल्लो तहमा एकिकरणपछि कार्यविभाजन भएपनि तल्लो तहका जिल्ला, प्रदेश तथा जनवर्गिय संगठनमा एकता हुन अझै बाँकी छ ।
यसअघि सचिवालयले गरेका निर्णयमा नेता माधव नेपाल समूह असन्तुष्ट बनेपछि नयाँ मापदण्ड तय गर्ने बारेमा छलफल चलेको हो । नेता सुवासचन्द्र नेम्वाङले दशै अघि विवाद मिल्ने दाबी गर्नुभयो । उहाँका अनुसार यस विषयलाई टुंगोमा पुर्याउन शनिबार नेकपाले सचिवालय बैठक बोलाइको छ ।
उहाँले नेताहरुबीच आन्तरिक रुपमा अनौपचारिक छलफल भइरहेको बताउनुभयो । सचिवालयको बैठकले मापदण्ड बनाइसकेकाले विवाद रहेका ठाउँमा छलफल गरेर टुङ्गो लगाइनेछ । नेकपामा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको मनोमानी हावी भएको आरोप छ । प्रदेश तथा जिल्ला कमिटिका लागि सिफारिस भएका नामदेखी सरकारकारका कामकारबाहीसम्म असन्तुष्टी बढेको छ । यसैबिचमा वामदेव गौतमले सांसद बन्न चुनाव लड्ने नलड्नेबारेमा पनि छलफल हुनेछ । उहाँले चुनाव नलड्ने बताउनुभएपनि बैठकमा यस विषयले प्रवेश पाउने बताईएको छ ।