नमोबुद्ध संवाददाता,,,

काठमाण्डौं–संघीय संसद मातहतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गठन गरेको उप–समितिले निजगढ विमानस्थलको स्थलगत अध्ययन गर्ने भएको छ ।

बिहिबार बसेको उप–समिति बैठकले आगामी कात्तिक ४ गते निजगढ विमानस्थलको स्थलगत अध्ययन तथा अनुगमन गर्ने निर्णय गरेको हो । राजनीतिक वृत्तबाट समेत विरोध हुन थालेपछि संघीय संसद मातहतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अध्ययनका लागि उपसमिति गठन गरेको थियो ।

नेकपा नेता माधवकुमार नेपालको संयोजकत्वमा उप–समिति गठन भएको छ । विमानस्थलको डीपीआर तयार नहुँदै निर्माण स्थलमा पर्ने रुख काट्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र वन मन्त्रालयबीच सहमति भएपछि आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !