विवाद समाधान समिति गठन, सल्लाहकार समितिका अध्यक्षसहित तीन निलम्बित, मिरिकमा हुँदै अन्तराष्ट्रिय तामाङ काउन्सिलको चौथो सम्मेलन

  • नमोबुद्ध संवाददाता

न्युयोर्क– तामाङ समाज उत्तर अमेरिकाको हालै सम्पन्न केन्द्रीय समितिको संयुक्त बैठकले विभिन्न निर्णय गरेको छ । सेप्टेम्बर ३० को साँझ कन्फ्रेन्स कलमार्फत बसेको बैठकबाट विभिन्न समसामयिक महत्वका ७ निर्णय भएको समाजका अध्यक्ष लक्यान लामाले नमोबुद्ध खबरलाई जनाए । लामाको अध्यक्षतामा सल्लाहकारहरु, राज्य स्तरका अध्यक्षहरु र कार्यसमितीको संयुक्त बैठकले ७ वटै निर्णय सर्वसम्मत रुपमा गरेको महासचिव डोल्मा लामाले बताइन् ।

विवाद समाधान गर्न समन्वय समिति

पछिल्लोपटक असन्तुष्ट पक्षले छुट्टै तामाङ समाज अमेरिका गठन गरेको थियो । यो विषयलाई सम्बोधन गर्न बैठकले सल्लाहकार विद्यासागर योञ्जनको संयोजकत्वमा ५ सदस्यीय विवाद समाधान समन्वय समिती गठन गरेको पनि डोल्माले बताइन् ।
बैठकपाछि जारी गरिएको निर्णय नम्बर १ मा उल्लेख छ– ‘न्युयोर्कमा आधिकारिक तदर्थ कमिटीमार्फत न्युयोर्क निवासी तामाङ समुदायलाई आह्वान गर्दै सम्पुर्ण प्रकृया पुरा गरेर तामाङ सोसाईटी अफ न्युयोर्क गठन हुदै गर्दा केही साथीहरुले चित्त नबुझिएको कुरा राख्दै हलबाट बाहिरिएर उपस्थित नै नभएका व्यक्तिहरुको सुची बनाएर समानन्तर कमिटी बनाउदै आफुहरु आधिकारिक हो भन्दै समाजिक संजालमा मिडियाबाजी गरेपछि आएको समस्यालाई विभिन्न माध्यमबाट केन्द्र र राज्य स्तरका आधिकारिक व्यक्तिहरुको पहलमा समधान गर्न खोज्दा हालसम्म समस्या समधान नभएको र तामाङ समाज अमेरिका नामकसंस्था नै दर्ता गरेकाले यस किसिमको कदमले समग्र न्युयोर्क तामाङबासी नै आलोचित भएको महसुस गर्दै बैठकले संस्थाको सल्लाहकार विध्यासागर योन्जनको संयोजकत्वमा पाँच सदस्यीय विवाद समाधान समन्वय समिती गठन गरियो ।’
उक्त समितिमा ईन्द्र तामाङ, न्युयोर्क (वर्तमान सल्लाहकार), लोक लामा, न्युह्यम्सार (वर्तमान सल्लहाकार), कुमार दोङ (अध्यक्ष– तामाङ कोअपरेशन सोसाईटी अफ क्यालिफोर्निया) र डोल्मा लामा, लस एन्जल्स् (महासचिव, तामाङ समाज उत्तर अमेरिका) सदस्य रहेका छन् ।

तीन जना निलम्बित

यसैगरी संयुक्त बैठकले तीन जनालाई जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ । जिम्मेवारीबाट हटाइएकाहरुमा सल्लाहकार समितिको अध्यक्ष शान्तबाबु थोकर, सल्लाहकार भोजराज थोकर र विश्व तामाङ सम्मेलन समन्वय उपसमिति संयोजक भरतराज लामा रहेका छन् ।

उनीहरुलले समानान्तर समिति बनाएको र आधिकारिक संगठनलाई अपमान गरेकाले जिम्मेवारीबाट मुक्त गरेको समाजले जनाएको छ ।
‘न्युयोर्कमा आधिकारिक तदर्थ कमिटीमार्फत तामाङ सोसाईटी अफ न्युयोर्क गठन हुँदै हल छाडी हिडेको र आवेगमा आएर समानन्तर कमिटी समेत बनाई आधिकारिक संगठनलाई अपमान हुने क्रियाकलप गर्नुका साथै सामाजिक संजालमा समाज र नेतृत्वलाई नै अपमानित हुने शव्दहरु प्रयोग गर्दै त्यसैदिन रातीदेखि केन्द्रीय समितिको जÞिम्मेवारबाट राजीनामा गरेको भन्ने मिडियाबाजी समेत गरेको कार्यको घोर आपत्ति जनाएको छ,’ निर्णयमा भनिएको छ, ‘निज जÞिम्मेवार व्यक्तिहरुलाई पत्रमार्फत राय बुझेको र निजहरुको राय संस्थालाई चित्त नबुझ्दो भएमा वा पत्रको जवाफ नपठाएमा मर्यादित जिम्मेवारीबाट मुक्त गर्ने निर्णयसमेत भएको हुँदा सल्लाहकार समितिका अध्यक्ष शान्तबाबु थोकर, सल्लाहकार भोजराज थोकर र विश्व तामाङ सम्मेलन समन्वय उपसमिति संयोजक भरतराज लामासमेतबाट प्रेषितपत्रको कुनै जवाफ नआएको, समयवधि भित्र कुनै राय समेत नपठाएको र निजहरुले समाज र नेतृत्व वर्गलाई अपमान गर्ने नियतबस नै कार्यहरु गरेको ठहर्दै निजहरुलाई जिम्मेवारीबाट मुक्त गरेको निर्णय आजको बैठकले अनुमोदन गरियो ।’

मिरिकमा सम्मेलनलाई सहयोग समिति

बैठकले भारतको मिरिकमा हुने अन्तराष्ट्रिय तामाङ काउन्सिलको चौथो सम्मेलनका लागि कुमार दोङको संयोजकत्वमा ३ सदस्यीय आर्थिक संकलन समिति गठन गरेको छ । सम्मेलन डिसेम्बर १४, १५ र १६ मा हुँदैछ । समितिमा बुद्ध लामा, (सल्लाहकार), बोस्टन र दीपेन्द्र लामा (सचिव, तामाङ सोसाईटी अफ न्युयोर्क)का रहेका छन ्।
तामाङ समाज उत्तर अमेरिकाले आफ्नो धारणासहित विशेष भुमिका बहन गर्दै भव्य र सभ्य रुपमा सम्मेलन सफल बनाउन आर्थिक जÞिम्मेवारी समेत बहन गर्दै भाग उद्देश्यकासाथ समिति गठन गरेको जनाएको छ ।
रिक्त सल्लाहकार र सदस्यमा नयाँ
बैठकले समाजको विधानमा व्यवस्था भए बमोजिम अध्यक्षबाट कार्यसमितिमा मनोनित २ सदस्य मध्ये बाँकी रहेको एक सदस्य पदमा कोलोराडो निवासी ‘पहिलो नर्थ अमेरिका तामाङ सम्मेलन’ का प्रतिनिधि संदिप लामा (गोले) लाई कार्यसमिति सदस्यमा बैठकले मनोनित गरेको छ।
बैठकले सान फ्रानसिस्कोका रतु लामा, प्रकाश लामा, र न्युह्मसारका फुर्वा घिसिङलाई सल्लाहकारमा मनोनित गरेको बताइएको छ ।

६ सदस्यीय प्रोफेसनल नेटवर्क कमिटी

समाजको बैठकले उत्तर लामाको संयोजकत्वमा ६ सदस्यीय उत्तर अमेरिका तामाङ प्रोफेसनल नेटवर्क कमिटि समेत गठन गरेको छ । समितिका सदस्यहरुमा मोहन वाईबा, निमा पाख्रिन, बर्षा मोक्तान, सुर्य मोक्तान र शंकर तामाङ रहेका छन् । समितिमा सदस्यहरुसमेत थप्न सक्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस !