
(फाईल तस्वीर)
नमोबुद्ध संवाददाता,,,
काठमाण्डौं–भाषा र अवसरको सवालमा “कि मात्रृ कि दातृ” भन्ने कुरा हामीले सुनेकै छौं । यसको आसय भविष्य र आफ्नो पहिचान अझ भनौ अस्तीत्व मातृभाषामा अडिएको छ । यसको धरातल बलियो बनाउदै अघि बढ्ने क्रममा आजको शताब्दीमा पनि भविष्यसँग जोडिएका अवसरहरु प्राप्त गर्न मातृसँगै दातृ(अन्य मुलुक जस्तै जापान,कोरिया,अमेरिका,चीन)का भाषाहरु पनि उपयोगी बन्न सक्छन्,जहाँ व्यक्तित्व विकास र रोजगार जोडिएका हुन्छन् ।
हाम्रा नेपाल जस्ता मुलुक त मातृ भाषाको सवालमा समेत कठोर देखिन्छ । आधारभुत शिक्षा मातृभाषाबाटै लिन सकिने भनि २०४७ सालकै संविधानमा मौलिक हकको रुपमा उल्लेख थियो तर कत्ति पनि तदारुकता देखाएन सरकारले । यसबारे हाल अभ्यासमा रहेको गणतान्त्रिक संविधानले बोलेका कुरा पनि हाम्रा लागि सम्पुर्णता हैन ।
नेपालको शिक्षानीतिबारे बेलाबखत छलफल नभएको भने हैन । तर भाषा शिक्षा निती स्पष्ट छैन भन्दा हुन्छ, या उदार देखिदैन जसले गर्दा शिक्षा जीवनसँग प्रत्यक्ष नजोडिएको भान मिल्छ । बाल मनोविज्ञान तथा मुलुकको विविधतालाई अपमान गरेजस्तो देखिने शिक्षा निती,पाठ्यक्रम तथा सिकाई शैलीकै कारण नेपालको शिक्षाले अव्यवहारिक र अवैज्ञानिकको संज्ञा पाउने गर्छ।
विद्यालय प्रवेशको सुरुवातमै भाषागत रुपमा बाल मनोविज्ञानमाथि अपराध गरेको भनि चर्चा परिचर्चा हुन्छ । विद्यालय छोड्नेमा तामाङ लगायतका मुलुकका विविध आदिवासी समुदायका बालबालिका हुन्छन् भन्ने पनि सत्यनै देखिन्छ ।
यसक्रममा प्रवासमा रहेर विभिन्न गतिविधि गर्दै आएको संस्था नेपाल प्रवासी तामाङ समाज कतारले एउटा महत्वपुर्ण वहस उठाउदैछ, मातृभाषा शिक्षा सम्बन्धी एक दिने गोष्ठीमार्फत । तामाङ बालबालिकाको शिक्षाको विकासका लागि समाजद्धारा सन्चालित शैक्षिक विकास कोष अन्तरगत आगामी कात्तिक १० गते यो गोष्ठी हुन लागेको हो । राजधानीको चाबहिलमा हुने गोष्ठीमा तामाङ भाषाविद् तथा विज्ञहरुको उपस्थिति रहने आयोजकले जनाएको छ ।
तामाङ भाषाको उत्थान तथा विद्यालयस्तरमा मातृ भाषा शिक्षाको सम्भावना एवम् चुनौतीबारे छलफल गरी निचोड निकाल्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष तीर्थ थिङ तामाङले जानकारी दिनुभयो ।