नमोबुद्ध संवाददाता,,,
काठमाण्डौं–बौद्ध मुलपानीमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मार्दा झ्यालबाट हाम फालेका २ जना जुवाडेको ज्यान गएको छ । उनिहरुको बिएण्डबी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । सोमलाल तामाङ र सरोज घलेको मृत्यु भएको महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले स्पष्ट पार्नुभयो ।
महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा बौद्ध मूलपानीमा रहेको एक घरको तेस्रो तलामा राति ११ बजे जुवा खेलिरहेको अवस्थामा छापा मारेको थियो । सोहीक्रममा धेरै संख्यामा रहेका जुवाडेहरू कोही छतबाट र कोही झ्यालबाट हामफालेका थिए ।
झ्यालबाट हामफाल्दा सोम र सरोज भने टिनमा ठोक्किएर गम्भीर घाइते भएका थिए । प्रहरीले अन्य २३ जना जुवाडेलाई भने पक्राउ गरी ४ लाखभन्दा बढीको नगद, मोटरसाइकल र रक्सी बरामद गरेको छ । दशै तिहार नजिकिएसँगै प्रहरीले जुवातास लगायत मदिरा नियन्त्रणको लागि छापा मार्न सुरु गरेको हो ।