नमोबुद्ध संवाददाता,,,

धुलिखेल–दशैं तिहारको आगमन हुदैछ, यस्तै बेला गाउँघरमा बढि सुनिने विषय हो जुवा तास । खेलको मातमा,बेहोसीमै बनाईने तमसुकले कत्तिको घरवार उडेको कुरा पनि सुनेकै हौं तर यहाँ त्यसो हैन, माया प्रेमको तमसुक बनाईएको छ,बरु घरवार जोड्न । ल्होछार,जात्रा जस्तै विहेको माहौलमा भेट हुदा मनले मन पराएको कथा छ ।

जनवादि गित हुदै पछिल्लो समय मायाप्रेमका गितमा पनि उत्तिकै उम्दा निर्मला घिसिङ यहि कथा उधिनिएको नयाँ सेलो गितको साथ आउनुभएको हो । यसको भिडियो पनि हालै सार्वजनिक गरिएको छ ।
जुवा त खेल्ने चौकामा
भेट भयो मैच्याङ मौकामा,
तिमी त पारी म रहे वारी
आऊ खेलौं शैलुङ्गे जुहारी ।

भिमफेदी गाइजको युट्युव च्यानलमार्फच रिलिज गरिएको दिल तामाङको यो गीतमा चन्द्रकुमार दोङले संगीतको लय भर्नुभएको छ । यिनै लयमा गायिका घिसिङले दिल तामाङलाई पुरुष गायनमा आफ्नो जोडिको रुपमा पाउनुभएको छ ।
यो भिडियोमा निर्मल लामाको निर्देशन सामान्य लागेपनि अर्थपूर्ण देखिन्छ ।

पवन सुस्लीङको क्यामेरा सम्मुख सपना मल्लको मेकअप र मौलिक भेषमा भिमफेदी गाईज र नीराञ्जली लामाले उर्जाशील कला अभिनय प्रश्तुत गरेका छन् । जुन भिडियो भिमफेदी आसपसमै क्यामेराकैद गरिएको हो ।

सामान्य जीवनले समेत आत्मसात गर्ने परिवेशको गीत रहेकोले स्रोता दर्शकको मन जित्ने गायिका घिसिङको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस !