सृजना वल

भकुण्डे,काभ्रे–विभिन्न १३ वटा स्थानिय तहमध्ये जिल्लामै पहिलोपटक नमोबुद्ध नगरपालिकामा नेपाल तामाङ घेदुङको शाखा विस्तार भएको छ ।

शनिबार भकुण्डेमा भएको नगर भेलाबाट सर्वसम्मत रुपमा सुनिता तामाङ लामाखोरको अध्यक्षतामा ११ सदस्यीय नगर कमिटि गठन गरिएको हो ।

खुल्ला उपाध्यक्षमा राजेश तामाङ र महिला उपाध्यक्षमा एलिशा तामाङ,सचिवमा छेडुप तामाङ र सहसचिवमा पेमा लामा र कोषाध्यक्षमा कार्साङ तामाङलाई चयन गरिएको छ ।

साथै सदस्यहरुमा सुस्मीता तामाङ,विशाल तामाङ,काँईली तामाङ,राजकुमार तामाङ,सुनिता लामा,निलबहादुर तामाङ र वीरमान तामाङ छनौट भएका छन् ।

घेदुङको विधानअनुसार १७ सदस्यीय कमिटि बनाउन सकिनेमा अन्य ६ जनालाई कार्यसमिति बैठकले मनोनयन गर्ने नव निर्वाचित अध्यक्ष लामाखोरले जानकारी दिनुभयो ।

नमोवुद्ध नगरपालिकाका सबै वडाहरुमा संगठनको पहुँच पुर्याउन वडाहरुबाट प्रतिनिधित्व रहनेगरी ति सदस्यहरुको मनोनयन हुन सक्ने उहाँको जनाउ छ ।

घेदुङका केन्द्रिय महासचिव बाबु घिसिङले निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई शनिबारनै शपथ ग्रहण गराउनुभयो ।

आफु अध्यक्षमा निर्वाचित भएपश्चात अध्यक्ष लामाखोरले भन्नुभयो–“घेदुङको मिसनका साथै नगरमा तामाङ आदीवासी जनजाती समुदायको उत्थानका लागि शसक्तीकरणका कार्यक्रमहरु गर्ने छौं ।” त्यसका लागि स्थानिय तहसंग समन्वय गरिने उहाँले बताउनुभयो ।

अध्यक्ष लामाखोर कानुपुर क्याम्पसका स्ववियू सभापति हुनुहुन्छ । साथै अनेरास्ववियू काभ्रेमा जिल्ला सदस्य तथा नाङसाल क्लव नेपालमा पनि कार्यसमिति सदस्यमा क्रियाशिल हुनुहुन्छ ।

घेदुङको नीति र उद्धेश्यअनुसार काम गर्न आफुहरु घेदुङमा आवद्ध भएको नव निर्वाचित सचिव छेडुप लामाको भनाई छ ।

नमोवुद्ध नगरपालिकामा युवाहरुलाई एकिकृत गरी घेदुङको स्थानिय शाखा विस्तार गर्न नेपाल तामाङ विद्यार्थी घेदुङका निवर्तमान अध्यक्ष सिएस लामाले सहजिकरण गर्नुभएको हो ।

प्राप्त संघियतामा पहिचानको सवाल,यहि वखत प्रदेशको नामाकरणको सन्दर्भ,नेपालको संविधानले परिकल्पना गरेअनुसार स्थानिय तहसम्म समानुपातिक समावेशीताको अभ्यास,आदीवासी तामाङ जनजातीको भाषा,धर्म सँस्कृतिको पुनरुत्थानका निम्ती एउटा सन्देश प्रवाह गर्न गाउँगाउँसम्म घेदुङको शाखा गठन हुनु निकै सान्दर्भिक रहेको उहाँको तर्क छ ।

भेलामा घेदुङका विदेश विभाग प्रमुख टासी लामा,केन्द्रिय सदस्य ग्याम्जो लामा,प्रदेश उपाध्यक्ष जीतवहादुर लामा लगायतले तामाङ पहिचानको आन्दोलनमा विशेष त राज्य तथा अन्य समुदाय सकारात्मक नभए सफलता प्राप्त गर्न नसकिने धारणा राखेका थिए ।

नेपाल आदीवासी जनजाती पत्रकार महासघं काभ्रेका अध्यक्ष शिशिर दोङ,तामाङ पत्रकार सघं काभ्रेका अध्यक्ष जगत तामाङले समुदाय परिवर्तनमा आफुहरु सँधै खबरदारी गर्ने भुमिकामा रहेको बताए ।

भेलामा नमोवुद्ध नगरपालिका वडा नम्बर ७ का अध्यक्ष,विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !