काठमाण्डौं–सांसदले कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई कडा तथा गम्भीर प्रश्न गरेका छन् ।
प्रधानन्यायाधीशका लागि संबैधानिक परिषद्बाट सिफारिस गरिनु भएका जोशीलाई सांसदले विहिबार सुनुवाइका क्रममा सरकार सधैँ किन पराजित हुन्छ भन्ने प्रश्न गरेका छन् ।
सांसदले राजश्वका मुद्दामा सरकार किन पराजित हुन्छ भन्ने प्रश्न गरेका हुन् । राजश्व छलीका मुद्दामा व्यवसायीले रिट लिएर सर्वोच्च पुग्ने र सर्वोच्च अदालतले उनीहरुकै कापक्षमा फैसला गर्ने गरेको सांसदहरुको आसय हो ।
त्यसैगरी उहाँलाई न्यायाधीश भएर पनि बिचौलीयासँग हिमचिम किन बढाएको भन्ने प्रश्न पनि गरिएको छ ।
सार्वजनिक जग्गा व्यक्तिको नाममा गराएको, शैक्षिक प्रमाणपत्रमा विवाद देखिएको, ऐनसेललाई राजश्व छुट दिएको, क्यासिनोको बारेमा विवादस्पद फैसला गरेको र जथाभावी अन्तरिम आदेश दिएको विषयमा सांसदले प्रश्न उठाएका छन् ।
प्रश्न गर्ने सवै सांसदको जवाफ दिदै कायममुकायम प्रधानन्यायधीश जोशीले धेरैजसो प्रश्न झुट भएको जवाफ दिनुभएको छ ।
उहाँले विचाराधीन मुद्दाको बारेमा बोल्न नमिल्ने बताउँदै अन्य सुझावलाई समेटेर अघि बढ्ने प्रतिवद्धता जनाउनु भएको छ ।