नमोबुद्ध संवाददाता

काठमाण्डौं–यो साता तामाङ कथानक चलचित्र “घ्रान”(कसम)को पहिलो र विशेष प्रदर्शन हुने भएको छ ।

तामाङ मौलिक भाषा तथा सँस्कृतिमा तामाङ समुदायकै कथामा आधारित “घ्रान” को यहि साउन ५ गते शनिबार दिउँसो १ बजे काठमाण्डौं जमलस्थीत राष्ट्रिय नाचघरमा प्रदर्शन गर्न लागिएको नायक सागर घिसिङले जानकारी दिनुभयो ।

सो प्रदर्शनमा चलचित्रकर्मी,पत्रकार,बुद्धिजीवि,चलचित्र समिक्षकका साथै सर्वसाधारण दर्शकको समेत उपस्थीति रहनेछ ।

जानकारी अनुसार दशक पहिले ओखलढुङ्गाको मूलखर्क गाउँमा रहेको समान्तबाद र त्यसले समाजमा उब्जाएको समस्यालाई यस चलचित्रमा सचित्र वर्णन गरिएको छ । यो चलचित्र मूलखर्कमै छायांकन गरिनुलाई पनि अर्थपुर्ण रुपमा हेरिएको छ ।

अमृत लामासँगै मिलेर यस चलचित्रको कथा तथा पटकथा समेत लेख्नुभएका नायक घिसिङ भन्नुहुन्छ –“देशमा राजनीतिक परिवर्तन आयो,यद्यपी अझै पनि थुप्रै ग्रामिण क्षेत्रमा सामन्ती प्रवृत्ति छ, हामीले तिनको ज्यादतीको वाध्यात्मक उपचार कलामार्फत प्रश्तुत गर्ने प्रयास गरेका छौं “घ्रान”मा ।”

चलचित्रमा नायिकाको भुमिकामा सुकुमाया मोक्तान र सुस्मा मोक्तान देखिनेछन् । निर्देशक जनक गुरुङले शम्भु घिसिङ,राम घिसिङ,बिकास स्यङ्तान,सुनिता थिङ,मुस्कान तामाङ, राम चन्द्र तामाङ, कर्म घिसिङ, कुन्साङ तामाङ, योगेश मोक्तान, सरोज तामाङ, प्रशान्त तामाङ लगायतलाई पनि खेलाएका छन् ।

निर्माताको रुपमा पनि राम घिसिङ र शम्भु घिसिङसँगै स्वयम सागर घिसिङ समेत हुनुहुन्छ ।

चलचित्रको लागतबारे घिसिङले भन्नुभयो–“अहिलेसम्म २५ लाख खर्च भईसकेको छ,वितरकहरुको आसय बुझ्दा नेपाली(खस)भाषामा पनि डविङ गर्नुपर्ला,त्यतिञ्जेलसम्म लगभग ४० लाख छोला । ”

नेपाली(खस) भाषामा डविङ गरेपश्चात देशभर रिलिज गर्ने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । मौलिक सँस्कृति र नेपाली परिवेशसँग मेल खाने कथावस्तु रहेकोले चलचित्र “घ्रान”ले दर्शकको मन जित्ने उहाँको दावी छ ।

चलचित्र प्राविधिक पाटोमा पनि अब्बल रहेको उहाँको भनाई छ । कलाकारहरुको अभिनयसँगै वाङ्छु लिम्बको द्धन्दु,अजय स्याङ्तानको नृत्य र जनक गुरुङको सम्वादलाई बिक्रम लामा मोक्तानले क्यामेरामा कैद गर्नुभएको हो ।

श्रृंगारमा बिना घाले लोप्चन, कलरमा सुर्य लामा, पोस्ट प्रोडक्सनमा जिग्मे मिडियाको भुमिका रहेको “घ्रान” को सम्पादन बज्र ङ्यासुरले गर्नुभएको छ ।

गिततर्फ कुमार स्याङ्बा र सुक्रानी दोङ (अनु) को शव्दलाई विशाल काल्तान, अमृत लामा, निमा दोङ र कृष्ण काफ्लेले संगीत भरेका छन् ।

ति गितमा अन्जु पन्त, विशाल काल्तान, जितु लोप्चन, निमा दोङ ,निर्माला घिसिङ, शम्भु घिसिङ र दिपा लामाले स्वर दिएका छन् ।

प्रतिक्रिया दिनुहोस !