
-
नमोबुद्ध संवाददाता
न्युर्योक– इतिहासमै पहिलो पटक तामाङ समाज न्युर्योकमा महिला नेतृत्वले बागडोर सम्हालेको छ । हालै सम्मपन्न तामाङ समाज न्युर्योकको साधारण सभाबाट अध्यक्ष पदका लागि गोमा योन्जन चुनिएकी हुन् ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा निमा गोले, सचिवमा दिपेन्द्र लामा (मोक्तान), कोषाध्यक्षमा रमला तामाङ, सह कोषाध्यक्षमा माया लामा, सह सचिवमा रोजÞ लामा रहेका छन् । त्यस्तै सदस्यहरुमा निमा लामु लामा, सृजना लामा, लाल तामाङ, नुर्वु लामा, विजय नोर्देन रहेका छन् । थप दुईजना सदस्यहरुमा अध्यक्षले मनोनित गर्न पाउँने वैधानिक ब्यवस्था रही आएको छ ।
कार्यसमितिको कार्यकाल तीन बर्षको रहने व्यबस्था छ । न्युयोर्क स्थित तामाङ समुदायको दुई दशक ईतिहासमै पहिलो पटक महिला नेतृत्व आएको हो ।
नवगठित कार्यसमितिका पदाधिकारीलाई गत जुन ३० तारिखमा निर्वाचन कमिटीका अध्यक्ष ङिमा पाख्रिनले सपथ ग्रहण गराइसकेका छन् ।