सेम्ह्रो फुलमान तामाङ,,

सिन्धुपाल्चोक :
गायक ओम तामाङ वाईबाको तामाङ सेलो भाका ‘तामाङले सेलो गित गाउँछ,नक्कलि पिरति कहाँ लाउँछ’ भन्ने बोलको गित सार्वजनिक भएको छ ।

क्लिक नेपाल (click nepal) युटुब च्यानल बाट उक्त गित सर्वजानिक गरिएको हो ।

आस्मान लोप्चनको शब्द,निरोज लामाको संगीत रहेको यो गितमा अभिनय तथा निर्देशन भने ओम तामाङ वाईबाकै रहेको छ।

भिडियोमा ओमलाई सुस्मा मोक्तान,अस्मि स्याङतान र राजेन्द्र वाईबाले साथ दिएका छन ।

सुर्य लामाको छायांकन र सम्पादनमा बनेको भिडियोबाट यत्तिबेला गायक ओमको चर्चा चुलिरहेको छ ।

नृत्य प्रशिक्षकबाट मोडलिङ गर्दै निर्देशनमा समेत हात हाल्नुभएका ओमले पछिल्लो समय गित पनि गाउनुभएको हो ।

अहिले सम्म दर्जन भन्दा बढि गितमा अभिनय गरिसक्नुभएका उहाँले ‘सोल्टिनि कान्छि’ बोलको सेलो भाका पनि बजारमा ल्याईसक्नुभएको छ ।

सिन्धुपाल्चोक जिल्लाको मेलम्चि नगरपालिका दुवाचौरका ओम तामाङ अब गायनलाईनै प्राथमिकता दिने बताउँनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !