काठमाडौं–नाटक ‘सोनाम ग्याल्मो’ बारे समाजिक सञ्जाल फेसवुकदेखी रेडियो,टेलिभिजन तथा पत्रपत्रिकासम्म चर्चापरिचर्चा चलेपछि प्रदेश ३ का उपसभामुख राधिका तामाङलाई पनि कौतुहलता जागेछ,मनमनै एक दिन हेर्न जाने निधो गर्नुभयो ।
असार २,३ र ४ गते सम्पन्न सेलो नाट्य महोत्सव २०७५ मा उत्कृष्ट दरिएका नाटकहरुमध्ये ‘सोनाम ग्याल्मो’को नियमित मञ्चनको क्रममा बुधबार बत्तिसपुतलीस्थीत शिल्पी थिएटर आईपुग्नुभएका उहाँ निकै उत्साहित देखिनुहुन्थ्यो ।
करिव १ घण्टाको नाटक ‘सोनाम ग्याल्मो’ हेरेपछि उहाँले भन्नुभयो “म सँग बोल्ने शव्द छैन, म निशव्द भएँ ।” नाटक वाहिर सुनेभन्दा राम्रो पाएको प्रतिक्रिया उहाँको छ ।
ईतिहासलाई जस्ताको तस्तै वास्तविकतामा उतार्न सकेको भन्दै उहाँले लेखक,निर्देशक र कलाकारहरुलाई धन्यबाद व्यक्त गर्नुभयो र जाँदाजाँदै भन्नुभयो–“सोनाम ग्याल्मो हामीले छुटाउनै नहुने खालको रहेछ,म पनि मेरा आफन्तजन सबैलाई हेर्न अनुरोध गर्छु ।”
त्यस्तै विहिबार ‘सोनाम ग्याल्मो’ हेर्न आउनुभएका वरिष्ठ रंगकर्मी सुनिल पोखरेल र लेखक तथा अन्वेषक रविन्द्र तामाङले पनि नाटकको प्रशंसा गर्नुभयो ।
यहि असार ८ देखी १० सम्म चलेको दुई देशिय नाट्य महोत्सवमा समेत भाग लिएको नाटक ‘सोनाम ग्याल्मो’ दर्शकको अपार माया र माग अनुसार बत्तिसपुतली (होटल द्धारिकाको अपोजिट) स्थित शिल्पी थिएटरमा असार २५ गतेसम्म नियमित मञ्चन गर्नेे सेलो थिएटरका संयोजक शान्ति लामाले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो नाटक मंगलबार वाहेक अन्य बारहरुमा साँझ ५ बजे(शनिबार दिउँसो १ बजे पनि) मञ्चन हुनेछ ।
फूलमान वलको लेखन र सोनाम तामाङको निर्देशन रहेको ‘सोनाम ग्याल्मो’ जंगबहादुर राणाको मृत्यु सम्बन्धी तामाङ समुदायमा प्रचलित मिथमाथि आधारित छ ।
नाटकका कलाकारहरु समेत यो नियमित मञ्चनमा पनि दर्शकको साथ पाउनेमा विश्वस्त छन् । ऐतिहासिक मिथमा आधारित नाटकले धेरैको मन छुने उनिहरुको भनाई छ ।
नाटक टोलीलाई उत्साह दिन दर्जन भन्दा बढि तामाङ फिल्म खेलेकी नायिका चाँदनी लामासँगै गायक सुसन लामा,फूलकुमार बमजनले पनि शसक्त भुमिका निर्वाह गरिरहेका छन् ।
ति हस्तीहरुका साथै ‘नीरफूल’ नायिका शान्ति वाइबा,निशा पाख्रिन,सोनाम तामाङ,सन्तोष तामाङ,निकिता लामा,विजय तामाङ,उमेश तामाङ,देवीन चौधरी लगायतका दर्जन कलकाकारहरुले मन छुने अभिनय गरेका छन् ।