काठमाडौं–सेलो नाट्य महोत्सव २०७५ मा उत्कृष्ट दरिएका नाटकहरुमध्ये ‘सोनाम ग्याल्मो’को नियमित मञ्चन सोमबारबाट सुरु भएको छ ।
यहि असार ८ देखी १० सम्म चलेको दुई देशिय नाट्य महोत्सवमा समेत भाग लिएको नाटक ‘सोनाम ग्याल्मो’ दर्शकको अपार माया र माग अनुसार बत्तिसपुतली (होटल द्धारिकाको अपोजिट) स्थित शिल्पी थिएटरमा मञ्चन थालेको सेलो थिएटरका संयोजक शान्ति लामाले जानकारी दिनुभयो ।
नाटक ‘सोनाम ग्याल्मो’ लाई हालै सम्पन्न सेलो नाट्य महोत्सवमा प्रश्तुत गरिएपछि अहिले अझै परिष्कृत गरी आधुनिक शैलीमा मञ्चन थालिएको उहाँको भनाई छ ।
उहाँका अनुसार यो नाटक यहि असार २५ गतेसम्म मंगलबार वाहेक अन्य बारहरुमा साँझ ५ बजे(शनिबार दिउँसो १ बजेपनि) मञ्चन हुनेछ ।
फूलमान वलको लेखन र सोनाम तामाङको निर्देशन रहेको ‘सोनाम ग्याल्मो’ जंगबहादुर राणाको मृत्यु सम्बन्धी तामाङ समुदायमा प्रचलित मिथमाथि आधारित छ ।
नाटकका कलाकारहरु समेत यो नियमित मञ्चनमा पनि दर्शकको साथ पाउनेमा विश्वस्त छन् । ऐतिहासिक मिथमा आधारित नाटकले धेरैको मन छुने उनिहरुको भनाई छ ।
नाटक टोलीलाई उत्साह दिन दर्जन भन्दा बढि तामाङ फिल्म खेलेकी नायिका चाँदनी लामासँगै गायक सुसन लामा,फूलकुमार बमजनले पनि शसक्त भुमिका निर्वाह गरिरहेका छन् ।
ति हस्तीहरुका साथै ‘नीरफूल’ नायिका शान्ति वाइबा,निशा पाख्रिन,सोनाम तामाङ,सन्तोष तामाङ,विजय तामाङ,उमेश तामाङ,देवीन चौधरी लगायतका दर्जन कलकाकारहरुले मन छुने अभिनय गरेका छन् ।