०९ असार :
इथियोपियामा प्रधानमन्त्री आबी अहमदले सम्बोधन गरिरहेको एउटा रयालीमा आक्रमण भएको छ ।

आक्रमणबाट रयालीमा सहभागि भएका थुप्रै मानिस मारिएका छन् ।

प्रधानमन्त्री अहमदलाई भने सुरक्षित स्थानमा लगिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

राजधानी अदिस अबाबाको मुख्यचोक मेस्कल स्क्वायरमा हजारौं सहभागी रयालीलाई सम्बोधन गरिरहेको बेला ग्रिनेड प्रहार भएको थियो ।

आक्रमणमा धेरै व्यक्ति मारिएको बताईएको छ, तर एकिनविवरण भने आईसेको छैन ।

प्रतिक्रिया दिनुहोस !