काठमाण्डौं,०९ असार :
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले देशमा रहेका तीनवटा प्रतिष्ठान एकीकृत गर्ने या नगर्ने भन्ने विषयको निर्णय गर्न कार्यदल बनाएको जानकारी दिनुभएको छ ।
अहिले कार्यदलले काम गरिरहेको र कार्यदलको प्रतिवेदनका आधारमा मात्रै निर्णय लिने जानकारी उहाँले दिनुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानको ६१ औँ वार्षिकोत्सवका अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सव कार्यक्रममा उहाँले यसबारे बोल्नुभएको हो ।
उहाँले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलाई एकीकरण गर्ने विषय उठेपनि निर्णय भइनसकेको स्पष्ट पार्नुभयो ।
मन्त्रीअधिकारीले यीतीन वटा प्रतिष्ठानको फरक चरित्र रहेको भएपनि सशक्त रुपमा कार्यक्रम सञ्चालन गर्न नसकेको अवस्थामा त्यसलाई एकीकरण गर्ने वा नगर्ने भन्ने बारेमा अध्ययन गर्न कार्यदल बनाउनुपरेको उल्लेख गर्नुभयो ।