दिपक खत्री,,चौतारा,०८ असार :

नक्कली नागरिकता सिफारिसमा सिन्धुपाल्चोकमा फेरि अर्का वडा अध्यक्ष पक्राउ परेका छन्

चौतारा साँगाचोक गढि नगरपालिका स्याउलेका वडा अध्यक्ष सानुकान्छा श्रेष्ठ सहित वडा सचिव राजबहादुर श्रेष्ठ ,नक्कलि आमा बन्ने एक महिला झुटो विवरण दिने दलाल सहयोगी स्याउलेबाट पक्राउ परेका हुन्

अरु जिल्लाको नागरिकलाई स्याउले घर भनि झुटो विवरण पेस गरी सिफारिस गरिएको आरोपमा वडा अध्यक्ष सहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी विमल राज कडेलले स्पष्ट पार्नुभयो

प्रहरीले हिरासतमा लिएको नक्कली आमा बन्ने महिला दलाल भनिएका सहयोगीको नाम भने सार्वजनिक गरेको छैन घटनाबारे अनुसन्धान भइरहेकाले नाम सार्वजनिक नगरिएको प्रहरीको भनाइ

यसअघि सिन्धुपाल्चोकमै नक्कली बाबु खडा गरी नेपाली नागरिकताको प्रमाण पत्र सिफारिस गरेको आरोपमा हेलम्बु गाउँपालिका (साविकको इचोक)का वडाअध्यक्ष खेतनाथ घिमिरे पक्राउ परेका थिए

मेलम्ची नगरपालिका १० ज्यामिरे निवासी खुशी तामाङलाई नक्कली बाबु बनाएर हेलम्बु गाउँपालिका इचोकबाट नागरिकता सिफारिस गरिएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो

नक्कली बाबु खडा गरेर खुशी तामाङलाई स्थानीय आशाराम तामाङमार्फत् वडा अध्यक्ष घिमिरेले नागरिकता सिफारिस दिएका थिए

प्रतिक्रिया दिनुहोस !