जैशिथोक,०६ असार :
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका ११ जैशिथोक मण्डनमा युवा लक्षित थांकाकला सम्बन्धी तालिम सुरु भएको छ ।
स्थानिय जनजागृति सामुदायिक सिकाई केन्द्रको अगुवाईमा ललितकला प्रज्ञा प्रतिष्ठान,परम्परागत तथा शिल्पकला विभागको आयोजनामा वुधबार सुरु भएको तालिलको पहिलो दिन थांका कलाको महत्व,यसप्रति युवाको भविष्य,आर्थिक उपार्जनको अवसरबारे प्रष्ट्याईयो ।
तालिमको सहजिकरण गर्दै ललितकला प्रज्ञा प्रतिष्ठान,परम्परागत तथा शिल्पकला विभाग प्रमुख प्राज्ञ निमाग्याम्छो लामाले भन्नुभयो‐“अव देश संघियतामा गईसक्यो,साँस्कृतिक पर्यटन विकासमा संस्कृतिको प्रवर्दन हुदै गर्दा थांकाले ठुलो बजार लिन्छ,अहिले जत्ति जनशक्ति क्रियाशिल छन् त्यत्तिले धान्न सक्दैन,त्यसैले यसमा राम्रो अवसर छ ।”
जनजागृति विद्यालयका प्रधानाध्यापक पञ्चलाल लामा,सामुदायिक सिकाई केन्द्रका अध्यक्ष राममाया तामाङ ,जनजागृति विद्यालय व्यवस्थापन समिति अध्यक्ष आसमान लामा लगायतले गाउँमा नयाँ विषयको तालिम आएकोमा खुसी व्यक्त गरे ।
गाउँमै आम्दानीको स्रोतको विकास गरी अर्थ उपार्जन गर्नसक्ने उपायको खोजी भईरहेको सन्दर्भमा यसको आवश्यकता पुर्ति गर्न थांका तालिमले भुमिका खेल्नुपर्ने उनिहरुको भनाई छ ।
उनिहरुको एउटै बोली छ‐“गाउँमै वसेर अर्थ उपार्जन गर्ने दरिलो माध्यम बन्नेगरी सिप सिकाउन सके युवा विदेशिदैनन् की ।”
स्थानिय सरोकारवाला तथा सहभागिहरुको जिज्ञासामा प्राज्ञ लामाले आफु आफ्नो सिप स्थानियमा फिजाउन तत्पर रहेको बताउनुभयो ।
उहाँको प्रतिवद्धता छ‐“पत्रकार भाईहरु फुलमान वल,जगत भाईले तालिमका लागि यो ठाउँसम्म आउन पुलको काम गरे, अहिले हामीले तपाईहरुलाई मात्र भोक जगाउने हो,चहानुभयो भने अहिले स्थानिय तहमै बजेट छन्,तपाईहरु आफैं पनि गर्न सक्नुहुन्छ, सिप दिने मात्रै हैन, तपाईहरुबाट जे जत्ति थांका तयार हुन्छ त्यसको वजार प्रवर्दनका लागि पनि म तयार छु,लौ सहयोग गर्नुपर्यो भनेर मलाई खोज्दै काठमाण्डौं आउनुभयो भने पनि म ३,४ महिनाको तालिम,वसाई सबैको बन्दोवस्त मिलाईदिन सक्छु,४,५ महिना पछि महिनाको १५,२० हजार कमाउन ठुलो कुरा हुदैन,मिहेनत गरेअनुसार एउटै थांका १५,२० लाखमा पनि विक्री हुन्छ । ”
स्थानिय समाजसेवी दिपेन्द्र लामाले युवाहरुलाई थांका व्यवसायमा लगाउन तालिमले उत्प्ररण जगाउने विश्वास व्यक्त गर्नुभयो ।
तामाङ पत्रकार संघ काभ्रेका अध्यक्ष जगत तामाङले थांका व्यवसाय मौलिक संस्कृति प्रवद्र्धनको अलावा आर्थिक आम्दानीको दरिलो स्रोत समेत बन्न सक्ने धारणा राख्दै यसप्रति तालिम सफल होस् भनि शुभकामना व्यक्त गर्नुभयो ।
तालिममा स्थानिय ४० जना युवा सहभाागि छन् ।
तालिम यहि १२ गते मंगलबार सांसद लक्ष्मण लम्सालका साथै स्थानिय जनप्रतिनिध,पार्टी प्रतिनिधि,संघसंस्थाका प्रतिनिधिहरु समेतको उपस्थितीमा एक औपचारिक कार्यक्रम गरी समापन गरिने आयोजकले जनायो ।