काठमाण्डौं,०५ असार :
प्रधानमन्त्री केपी शर्मा ओली चीनको ६ दिने भ्रमणका लागि मंगलबार बेजिङ प्रस्थान गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले चीनसँग रेल, उर्जा सहयोग, पुनर्निर्माणका विषयमा हस्ताक्षर गर्नुहुने बताईएको छ ।
सोमबार संघीय संसदलाई जानकारी दिँदै प्रधानमन्त्री ओलीले भ्रमणमा दुई पक्षीय सहकार्य र संयुक्त लगानीको ढाँचामा छलफल हुने बताउनुभएको थियो ।
आफु अघिल्लो पटक प्रधानमन्त्री भएर चीन जाँदा भएका सम्झौता तथा संयुक्त बक्तब्यमा उल्लेख भएका विषयमा चिनीँया पक्षसँग कुराकानी हुने पनि ओलीको भनाई छ ।
नेपालको आर्थिक विकासमा चीनको सहयोग लिन सके उत्तम हुने यथार्थकाबिच सुरु भएको ओलीको नीन भ्रमणलाई महत्वका साथ हेरिएको छ ।
भारतले नाकाबन्दी लगाएको बेला प्रधानन्त्री ओलीलेनै उत्तरी छिमेकी मेलुक चीनसंगको सम्बन्ध प्रगाढ बढाउन तत्परता देखाउनुभएको थियो ।
जसका कारण ओलीमाथि जनताको विश्वास समेत बढेको देखिन्छ ।
यसअघि उहाँले चीनसंग गर्नुभएको सम्झौता तथा सहमतिको कार्यन्वयनका साथै नोपलले आर्थिक फड्को मार्ने खालको नयाँ सम्झौता यो पटक हुनुपर्ने आवाज परराष्ट्रविद,अर्थविद र नेपालीजनकै छ ।
नेपालीहरुको अपेक्षा र भरोसा अझै ओलीमाथि दरिलो बन्दै गएको छ ।