-हिरामान बल तामाङ
भिक्षुणि लक्ष्मीकारा अर्थात गेलोङमा पाल्मो र न्युङ्नेको विषयमा शनिबार प्रवचन दिने भएको छ । कार्यक्रम प्राचीन अनुवाद एकमात्री गुरु संघ नेपालले आयोजना गरेको हो । काठमाडौंको बौद्धमा दिउँसो १ बजेदेखि प्रवचन कार्यक्रम रहेको संघका उपाध्यक्ष सोनाम थोकर तामाङले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा दुईवटा विषयमा धर्मगुरु आचार्य सर्वजीत गोङ्बा तामाङ ज्युले प्रवचन दिने बताउनु भयाेकाे छ । गेलोङमा पाल्मो र न्युङ्नेको विषयमा प्रष्ट नहुनेहरुलाई त्यस विषयमा प्रष्ट पार्नका लागि प्रवचन कार्यक्रम राखेको संस्थाका सचिव कुमार थोकर तामाङले जानकारी दिनुभयो ।
संस्थाको कार्यालयमा दैनिक सम्भोटा लिपी, च्योई लगायत अन्य कक्षाहरु निःशुल्क रुपमा सञ्चालन भईरहेको संस्थाका महासचिव खेल बहादुर तामाङले जानकारी दिनुभएको छ ।
यही शनिबार २ गते संस्थाको कार्यालयमा नै राखेको प्रवचनमा सम्पूर्ण धर्ममित्रहरुलाई उपस्थितिको लागि समेत अनुरोध गरेका छन् ।