
-नामाेबुद्ध संवाददाता
अागामि असार ८ गते नेपाली कथानक चलचित्र ‘एक्स्ट्रा माया’ प्रदर्शन हुने भएकाे छ । ‘एक्स्ट्रा माया’ ले समाजमा भएका विद्यमान समस्या युवायुवतीको प्रेम, विदेश जाने लोग्नेका श्रीमतीको कथा अनि विदेश जाने श्रीमतीको पीडालाई मुख्य विषय बनाइएको देखिन्छ ।
चलचित्र युवा पुस्तालाई टार्गेट गरेर बनाइएकाे कारण सबै दर्शककाे मन मुटुमा बस्न सफल हुने चलचित्रका निर्देशक सोम कुस्कुमाझीले बताउनु भयाे । चलचित्रमा कथा बलियो भएका कारण सबैले मन पराउनेमा निर्देशक विश्वस्त रहेकाे बताउँनु हुन्छ। यस चलचित्रमा पृथक बिषय बस्तुलाई उठान गरेको छ । जसका कारण नेपाली चलचित्र उद्योगमा केही नयाँपन ल्याउन खोजेको निर्देशक माझीले बताउँनु भयाे ।
यस चलचित्रबम अधिकांश दृश्यहरु आर्टिफिसल नभइ रियालिटी बेशमा छायाँकन गरिएको छ । उक्त चलचित्रकाे चिफ निर्देशन हिरामान बल तामाङले गरेकाे छ भने रिच इन्टरटेनमेन्ट प्रा लिको ब्यानरमा निर्माण गरिएको यस चलचित्रका निर्माण कमल फुयाँल र कमल केआरले निर्माण गरेका हुन्। चलचित्रमा सुस्मिता बुर्लाकोटी, अर्जुन खडका, सनी सुनवार, सृष्टि भण्डारी, शोभा भण्डारी, कमल केआर, यमन माझी, कमल फुयाँल , सरीता दोङ, सुन्जित माझी, लगायतको अभिनय रहेको छ ।
चलचित्रमा पटकथा तथा निर्देशन दुवै माझीकाे रहेकाे छ भने कथा कमल केआरको रहेको छ । दिनेश माङमुको कोरियोग्राफी, बासु न्योपानेको छायाँकन तथा समिर मियाँको सम्पादन रहेको यस चलचित्रमा सन्तोष किरात र योङजङ लामाको संगीत रहेको छ ।