नमोबुद्ध संवाददाता,, कावुल,२६ जेठ : अफगानिस्तानमा तालिबान विद्रोहीले तीनदिन अस्थायी युद्धविरामको घोषणा गरेका छन् । मुस्लिम समुदायको पर्व इदको अवसर पारेर युद्धविराम गरिएको तालिबानले जनाएको छ । आफूहरुमाथि आक्रमण भए त्यसको जवाफ भने दिने तालिबानले स्पष्ट पारेको छ । सन् २००१ मा अमेरिकी नेतृत्वको सेनाले अफगानिस्तानमा हस्तक्षेप गरेपछि पहिलोपटक युद्धविरामका लागि तालिबान सहमत भएको हो ।