नमोबुद्ध संवाददाता,,

धुलिखेल,२४ जेठ :
नेपाली काँग्रेस काभ्रेको राजनीतिमा लामो समय क्रियाशिल पुर्व सभापति शिव हुमागाँई काँग्रेसको केन्द्रिय सदस्य बन्नुभएको छ ।

पछिल्लो समय काँग्रेस काभ्रेमा प्रभाशाली बन्दै गएका मधु आचार्यसँगको टक्करले गुटगत राजनीतिमा फसेका कारण हुमागाई राष्ट्रीय राजनीतिक पहुँचमा जोडिन सक्नुभएको थिएन ।

उहाँ केन्द्रिय सदस्य भएसंगै २०७४ मा सम्पन्न प्रदेश तथा संघको निर्वाचनमा उम्मेद्वारको दौडमा नलाग्नुको कारण पनि स्पष्ट भएको छ ।

जिल्लामा काँग्रेसको जनधरातल कमजोर बन्दै थियो नै । यद्यपी हुमागाईलाई पन्छाउदै मधु आचार्य जसरी पनि चुनाव लड्न चहानु, यहि अबस्थामा फेरि हुमागाई पन्छिनु ,यसलाई अर्थपुर्ण रुपमा हेरिएको थियो ।

माओवादी शसस्त्र द्धन्दपुर्व सम्पन्न चुनावबाट सांसद समेत बनेका हुमागाईको गुट काभ्रेमा अझै पनि शक्तिशाली मानिन्छ ।

०७४ मा सम्पन्न प्रदेश तथा संघको चुनावमा उम्मेद्वार बन्न उहाँलाई कार्यकर्ताको ठुलै दवाव थियो ।

यसअघि गिरिजा पश्चात शुसिल कोईरालाको गुटमा रहेका हुमागाई पछिल्लो महाधिवेशनताका काँग्रेस नेता कृष्ण सिटौलाको गुटमा जोडिनुभएको थियो ।

त्यही गुटबाट केन्द्रिय सदस्यमा हारेका हुमागाईलाई अहिले शेरवहादुर देउवाले केन्द्रिय सदस्यमा मनोनित गर्नुभएको हो ।अहिले उहाँ काँग्रेसको केन्द्रिय सदस्य भएसंगै उहाँका कार्यकर्ता पंक्तीमा खुसीयाली छाएको छ ।

काँग्रेसले तीन नेतालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनयन गरेकोमा हुमागाई पनि पर्नुभएको हो ।

कांग्रेसले विहिबार जारी गरेको विज्ञप्ति अनुसार सभापति देउवाले हुमागाई संगै नेता दीलबहादुर घर्ती र शीला शर्मा खड्कालाई केन्द्रीय सदस्यमा मनोनयन गर्नु भएको हो ।

विज्ञप्तिमा नेपाली कँंग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा (२१) (ठ) बमोजिम ति नेतालाई मनोनयन गरिएको जनाइएको छ ।

दमननाथ ढुंगाना, तीर्थराम डंगोल र हिरादत्त भट्टलाई भने कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पदमा मनोनयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !