काबुल,२४ जेठ :
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले विहिबार अस्थायी युद्धविरामको घोषणा गर्नुभएको छ ।
उहाँले इद अल फित्र पर्वलाई ध्यानमा राखेर अफगानिस्तानभर नै अफगान सेनाले तालिबान विरुद्धको आक्रामक कारबाही रोकिएको घोषणा गर्नुभएको हो ।
युद्धरत तालिबान आतङ्ककारीबाट भने कुनै प्रतिक्रिया आएको छैन ।
राष्ट्रपतिका ट्विटमा उल्लेख भएअनुसार रमादान पर्व सोमबार अर्थात ११ जुनबाट सुरुहुने र जुन १५ मा समाप्त हुने भएकोले यो समयलाई मध्यनजर गरेर युद्धविरामको घोषणा गरिएको छ ।
रमादानको पाँचौँ दिनमा इद अल फित्र मनाइने चलन छ ।
तालिबान आतङ्ककारी समूहले अफगानिस्तानका सुरक्षा अधिकारी तथा सर्वसाधारणमाथि समेत आक्रमण गर्दै आएको पाइन्छ ।