सृजना बल,,
धुलिखेल,१४ जेठ :
जिल्लाको मध्य भागमा सोमबार मध्यान्न अकस्मात जस्तै हावाहुरीसंगै परेको असिनापानीले ठुलो क्षति पुर्याएको छ ।
धुलिखेल,पनौती,नमोवुद्ध,पाँचखाल लगायत शहर र केहि ग्रामिण क्षेत्रमा समेत केहि भुकम्प प्रभावितको झुप्रो उडाउनुका साथै हजारौं किसानको बालीनालीमा अरबौंको क्षति पुगेको हो ।
यि क्षेत्रमा रहेका स्थानिय तहका कृषि विभागका प्रतिनिधिहरुले जनाएअनुसार भर्खरै गोडमेलको अवस्थामा रहेको मकै वालीसंगै,गोलभेंडा,सिमि,काँक्रो जस्ता तरकारी बालीमा क्षति पुगेको छ ।
केहि स्थानमा दोहोरो गोडमेलको तयारीमा रहेका मकै ढलेका छन् भने स–साना मकै र तरकारीका बाली विरुवा असिनाले सखापनै पारिदएको छ ।
करोडौं मुल्य बराबरको वुद्धचित्त मालाका साथै आँप,लिची जस्ता फफुलमा पनि क्षति पुगेको हो । यस्तो क्षति वेहोर्नु परेकोमा किसान चिन्तित छन् ।
अन्य मुलुकमा जसरी नेपालमा किसानमुखि कृषि विमा कार्यक्रम नहुदा विभिन्न रोग तथा यस्ता प्राकृतिक विपत्तिबाट हुने क्षतिले किसानहरु वर्षेनी मारमा पर्दै आएका छन् ।
मध्य पहाडको व्यापारिक नगरी बनेपा भने डुवानमै पर्यो ।
ढल निकास तथा पानी बग्ने कुलो व्यवस्थापन नहुदा सडकमा १ मिटरभन्दा माथि सतहमा पानी जमेपछि काठमाण्डौंतर्फ जाने र अरनिको राजमार्ग हुदै पुर्वतर्फ आउने हजारौं सवारी आवतजावतनै रोकिन पुगे ।
फोटो : शान्ति तामाङ/भेषराज दनुवार