नमोबुद्ध संवाददाता,,

धुलिखेल,१४ जेठ :
सोमबार राष्ट्रिय महिनावारी स्वच्छता दिवस देशभर विभिन्नकार्यक्रम गरेर मनाईदैछ ।

दिवसको अवसरमा काभ्रे,सिन्धुपाल्चोक,रामेछाप,सिन्धुली लगायत देशभर रहेको स्वास्थ्य क्षेत्रका विभिन्न संघसंस्थाहरुले जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरेका छन् ।

यसक्रममा खानेपानी मन्त्रालयले काठमाडौको राष्ट्रिय सभा गृहमा औपचारिक कार्यक्रम आयोजना गरेको छ ।

महिनावारी बारे अझै पनि समाजमा गलत सोच रहिआएकाले जनचेतना अभिवृद्धी गर्न राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गरिएको मन्त्रालयका सहसचिव अनिलभद्र खनालले जानकारी दिनुभयो ।
महिनावारी प्राकृतिक शारीरिक प्रक्रिया भएपनि नेपाल सहित विश्वका धेरै देशमा छुवाछुतका रुपमा लिइने गरिएको छ ।

नेपालका विशेष त हिन्दु समुदायमा यो समस्या अझै विद्यमान छ ।

प्रतिक्रिया दिनुहोस !