नमोबुद्ध संवाददाता
जनकपुर,१३ जेठ :
प्रदेश नम्बर २ सरकारलाई विश्वासको मत दिएको नेकपाले आईतबार आफ्नो समर्थन फिर्ता लिएको छ ।
प्रदेश सरकारको सय दिनको उपलब्धि शून्य रहेको र प्रतिपक्षीको मानमर्दन गरेको भन्दै नेकपाले समर्थन फिर्ता लिएको हो ।
नेकपाका नेता सत्यनारायण मण्डलले वर्षे अधिवेशनको पहिलो बैठकमा बोल्दै संसद अवरुद्ध गर्नुभएको छ ।
नेकपाका अर्का नेता रामचन्द्र मण्डलले पनि सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको बताउनुभयो ।
एक सय ७ सदस्य रहेको प्रदेशसभामा नेकपाका ३२ जना सांसद् छन् भने काँग्रेसका १९ सांसद छन् ।
गत जेठ ३ गते कांग्रेसलाई प्रमुख विपक्षी दलको रुपमा मान्यता दिएपछि तत्कालीन एमाले र माओवादी केन्द्रले निर्णयको विरोध गरेका थिए ।