• नमोबुद्ध संवाददाता,,.

दुवाचौर,०५ जेठ :
सिन्धुपाल्चोकको दुवाचौर सामुदायिक युवा क्लवको आयोजना र वडा नम्बर ७ को सहयोगमा विहिबार देखी आयोजित प्रथम दुवाचौर कप भलिबल प्रतियोगिताको उपाधि तालामाराङ युवा क्लवको पोल्टामा गएको छ ।

योङ स्टार युथ क्लव दुवाचौर लाई ३–२ को सेटमा पराजित गर्दै तालामराङ युवा क्लवले बाजी मारेको हो । शनिबार सम्पन्न तेश्रो स्थानको खेलमा आयोजक दुवाचौर सामुदायिक युवा क्लवलाई पराजित गर्दै मेलम्ची ८ केउरानी तेस्रो भएको छ ।

प्रतियोगितामा पहिलो, दोश्रो र तेस्रो हुनेले क्रमशः ४० हजार, ३० हजार र २० हजार नगद सहित शिल्ड तथा मेडल प्राप्त गरेका छन् ।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृृष्ण गोपाल तामाङको प्रमुख आतिथ्यतामा मेलम्ची नगरपालिकाका उपप्रमुख भगवति नेपाल लगायतको उपस्थितिमा समापन कार्यक्रम आयोजना गरी आयोजकले विजयी खेलाडिहरुलाई पुरस्कार वितरण गरेको छ ।

साथै आयोजक क्लवले २०७२ सालको विनासकारी भुकम्पमा राहत बितरण गर्ने र त्यसमा सुचाना प्रवाह गर्ने संघ संस्थालाई समेत सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस !