- नमोबुद्ध संवाददाता,,.
मादनकुडारी,०५ जेठ :
काभ्रेको चौरी देउराली गाउँपालिका ७ मादनकुडारी घ्याङडाँडामा वुमपुजा आयोजना गरिएको छ ।स्थानिय ठूली तामाङनीको यहि जेठ ५ गते शनिबारको प्रथम वार्षिक पुण्यतिथीको अवसर पारी आत्मशान्तिको कामनाका साथ वुधबारदेखी शनिबारसम्म वुम पुजा आयोजना गरिएको हो ।
सम्पुर्ण प्राणी जगतको भलो चिताई,विभिन्न प्रलय नआउने विश्वासका साथ सबैको शुभ होस् भनेर पनि यस्तो पुजा गर्ने चलन रहेको टासी छ्योअीफ्रेल बाबु लामा गुम्बा तथा स्रग्रहालय घ्याङडाँडाका सल्लाहकार तथा शिक्षक ज्ञान वहादुर लामाले बताउनुभयो ।
प्रमुख लामा गुरु लोपेन ङ्हावाङ ह्योल्मोपाको प्रमुख आतिथ्यता तथा अन्य लामाहरुको उपस्थितीमा गरिएको पुजामा चासोकासाथ स्थानियवासी प्रसाद ग्रहणमा सहभागि भएको उहाँको भनाई छ ।
बौद्धमार्गीहरुका लागि अति पवित्र मानिएको सागादावाको यो समय तथा ठुलीमायाको पुण्यतिथीमा बुम पुजा) आयोजना गरिएकोले सम्पुर्ण आफन्त,इष्टमित्र तथा स्थानियको उल्लेख्य सहभागिता देखिएको हो ।
स्वर्गीय ठूलीमाया तामाङनी कोसीपारी क्षेत्रको प्रथम तथा एतिहासिक मानिएको टासी छ्योअीफ्रेल बाबु लामा गुम्बा तथा स्रग्रहालयका संस्थापक हुनुहुन्थ्यो ।
तामाङ समुदायको वाहुल्यता रहेको गाउँ मादनमा सद्भावपुर्ण संस्कार छ । उनिहरु आफ्नो संस्कृतिप्रति सचेत छन् ।
अकस्मात विहिबार टासी छ्योअीफ्रेल बाबु लामा गुम्बा तथा स्रग्रहालयका सदस्य,लामो समयसम्म नेपाली कांग्रेसका पूर्व इकाई सभापति रहनुभएका समाजसेवी बुद्ध लामाको असामयीक निधनका कारण पुजा केहि समय स्थगित गर्नुपरेको थियो ।
कर्मठ तथा ईमान्दार,निष्ठाको राजनीति गरी स्थानियको विश्वास जित्न सफल बुद्ध लामाको संयौ शुभचिन्तकको सहभागितामा श्रद्धाञ्जली अर्पण तथा दाहसंस्कार सकिएपछि वुमपुजा पुनः सुचारु गरिएको थियो ।
फोटो सौजन्य : ज्ञानवहादुर लामा