• नमोबुद्ध संवाददाता,,,

काठमाण्डौं,०४ जेठ :
आर्थिक वर्ष २०७५। ७६ को वार्षिक नीति तथा कार्यक्रम यही जेठ ७ गते संसदमा प्रस्तुत हुने भएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यलयबाट पठाइएको पत्र पढेर सुनाउँदै सभामुख कृष्णबहादुर महराले यो जानकारी गराउनुभएको हो ।

राष्ट्रपतिले ७ गते नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत् गर्ने उहाँले बताउनुभयो ।
सरकार अहिले नीति तथा कार्यक्रमको अन्तिम चरणमा पुगेको छ ।

पार्टी एकतापछि सबै नेता तथा जनताको भावना समावेश गर्ने गरी कार्यक्रम निर्माण भईरहेको अर्थमन्त्रालय स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस !