• नमोबुद्ध संवाददाता,,,

धुलिखेल,३०बैशाख :
नेक्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको प्रभाव आंशिक रुपमा देखिएको छ । काठमाडौँ उपत्यकामान्यून देखिएको छ । बन्दका कारण शहरभन्दा ग्रामिण क्षेत्रमा यातायात कम चलेका छन् ।

धुलिखेल,बनेपा,काठमाडौं उपत्यकाका अधिकांश स्थानमा सार्वजनिक सवारीका साधन चलिरहेका छन् । ट्राफिक प्रहरीका अनुसार गाउँगाउँबाहेकका स्थानमा सवारी साधन आवागमनमा खासै असर परेको छैन ।

अरनिको रविपिी राजमार्ग हुदै काभ्रेको गाउँगाउँसम्म र रामेछाप,सिन्धुपाल्चोक,दोलखा तथा सिन्धुली ओखलढुंगातर्फ जाने गाडीहरु कम मात्रामा चलेका छन् । गाउँतर्फ जाने गाडी कम चलेका कारण यात्रुहरुको भिड देखिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा भएको सहमति र भारतीय सुरक्षाकर्मीलाई खुलेआम नेपाली भूमिमा हिडडुल गर्न दिएको भन्दै आह्वान गरिएको बन्दमा जवरजस्ती गाडी चलाएको भन्दै केहि ठाउँमा गाडीमाथि आगजनि गरिएको नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ ।

चितवनको भरतपुरमा बम विष्फोट

चितवनको भरतपुरमा बम विष्फोट भएको छ । भरतपुरको ओरालो नजिक रोयल सेन्च्युरी होटल र भाटभटेनी सुपरमार्केटको बीचमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ग्रिनेट विस्फोट गराएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार विस्फोटबाट भाटभटेनीको पछाडि भागको सिसा फुटेको छ । प्रहरी उपरीक्षक थापाले विस्फोट गर्ने एक जनाको पहिचान भएको र खोजी जारी रहेको बताउनुभयो । बन्दको हल्लाले चितवनमा फाट्टफुट्ट मात्रै सवारी चलेको छ ।

प्रतिक्रिया दिनुहोस !