• नमोबुद्ध संवाददाता,,,

प्युठान,३० बैशाख :
प्यूठानमा आईतबार विहान बस दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरबाट प्यूठान आउँदै गरेको यात्रुवाहक बस प्यूठानको सरुमारानी गाउँपालिका वडा नं. ४ पाकुरी खोला नजिकै दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा चालक कैलालिका बिर बहादुर थारु ,कर्णाली चिसापानीकि सरिता चन्द र प्यूठान गौमुखी १ अर्खा निवासी १७ बर्षिया हिरा टोमटा रहेको खुलेको छ ।

घाईतेमध्ये ४ जना लुम्बिनी अस्पताल बुटवल र २१ जना जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।
उपचारत घाईतेहरुः
१. प्यूठान, मल्लरानी गापा ३ चोरपानीका ३८ वर्षीय तिर्थराज पोख्रेल
२. रुपन्देही, कञ्चन गापा वडा नं२ गजेडीका ३५ वर्षीय गोविन्द अर्याल (डिस्चार्ज)
३. गुल्मी, अग्लेदहका ४५ वर्षीय तारा बिष्ट
४. दैलेख, दुल्लु नपा११ कालभैरबकी २५ वर्षीय हिमा बोहरा (डिस्चार्ज)
५. दैलेखका २५ वर्षीय जगदिश खत्री
६. दैलेखका २ वर्षीय रिगल खत्री (डिस्चार्ज)
७. रुपन्देही, कञ्चन गापा वडा नं २ बस्ने बर्ष २९ की हिमला अर्याल
८. रुपन्देहीका ७ वर्षीय सफल अर्याल ९बुटवल रिफर ०
९. प्यूठान, प्यूठान नपा ३ साडेखोलाका २६ वर्षीय इश्वर खड्का (डिस्चार्ज)
१०. रोल्पा, सुवर्णवती गाउँपालिका २ की १६ वर्षीय सपना बिक
११. रोल्पा, का ४५ वर्षीय शेरबहादुर बिक
१२. बैतडी, पुरचौरे नपा ६ का २२ वर्षीय प्रकाश सावद
१३. चितवन, चितवन नपा १७ का ७३ वर्षीय राजेन्द्रप्रसाद तिमिल्सिना
१४. प्यूठान, मल्लरानी गापा की २० वर्षीय सुष्मा चौधरी (डिस्चार्ज)
१५. कञ्चनपुर, डेटकोट नपा ६का २३ वर्षीय सुनिल रानामगर (डिस्चार्ज)
१६. प्यूठान, झिमरुक गाउँपालिका ३ का २१ वर्षीय प्रेम केसी (डिस्चार्ज)
१७. रोल्पा, सुवर्णावती गापा ९ हरिगाउँका २१ वर्षीय बिजय सुनार (कोहलपुर रिफर)
१८. प्यूठान, गौमुखी गापा वडा नं ४ अर्खाका १५ वर्षीय थमजित बिक
१९.कैलाली, गौरीगंगा नपा वडा नं ३ का २२ वर्षीय राजेश चौधरी
२०. प्यूठान, झिमरुक गापा वडा नं ६ दहखोलाकी ४९ वर्षीय गोमा गिरी (बुटवल रिफर)
२१. प्यूठान, माण्डवी गापा वडा नं १ कुमालटारका ३८ को बसन्त शर्मा (कोहलपुर रिफर)

लुम्बिनी अस्पताल बुटवलबमा उपचार गराइरहेका चार जनाको परिचय पनि खुल्न सकेको छैन ।
महाकाली यातायातको ना ४ ख १८७६ नं.को बस सडकबाट करिव २०० मिटर तल खसेको छ ।


नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको टोलीखोज तथा उद्धार कार्यमा सक्रिय भएको प्यूठान प्रहरी प्रमुख डिएसपी राजेन्द्र पोख्रेलले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस !