• नमोबुद्ध संवाददाता,,,

जनकपुर,२७ बैशाख :
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार नेपाल भ्रमणमा आएका बेला जनकपुरमा मास्क लगाएर हिँड्न निषेध गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयले जानकी मन्दिर, बाह्रविघा मैदानको १०० मिटर क्षेत्र र जनकपुर विमानस्थलदेखि बाह्र विघा मैदानको सडक छेउछाउमा धारिलो वस्तु, हेलमेट, झोला, पोका र मास्क लगाएर हिँड्न निषेध गरेको हो ।

मोदीको भ्रमण कार्यक्रमलाई दृष्टिगत गरी वैशाख २८ गते बिहान १० बजेदेखि हेलमेट, झोला, पोका र मास्क लगाउन प्रतिबन्ध गरिएको प्रहरीले सूचना निकालेर जानकारी दिएको छ ।

मोदीको नागरिक अभिनन्दन हुने ठाउँ बाह्रविघा मैदानमा पनि हेलमेट र मास्क लगाएर नजान आग्रह गरिएको छ ।

मोदीको भ्रमणको सुरक्षालाई मध्यनजर गरी विहिबार दिउँसो १२ बजेदेखि नै जानकी मन्दिरमा सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ ।

मोदी आउने दिन पारेर प्रदेश २ सरकारले प्रदेशभरी सार्वजनिक विदासमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस !