- नमोबुद्ध संवाददाता,,,
धुलिखेल,२७ बैशाख :
धुलिखेल नगरपालिकाका मेयर अशोक व्यञ्जुले धुलिखेल उद्योग वाणिज्य संघको गल्तीले “काभ्रे महोत्सव(धुलिखेल)”असफल भएको खुलासा गर्नुभएको छ ।
२०७४ फागुन २३ देखी झण्डै दुई साता सञ्चालन गरिएको काभ्रे महोत्सवमा दैनिक सय जना पनि अवलोकनकर्ता नआउनुमा धुलिखेल उद्योग वाणिज्य संघका पदाधिकारीको अहंकारी सोचाई र प्रवित्तिनै मुख्य कारक रहेको उहाँको दावी छ ।
२०७४ चैत २९ र २०७५ बैशाख १ गते धुलिखेलमा सम्पन्न “धुलिखेल पर्यटन मेला तथा खाना महोत्सव”को विहिबार आयोजित समिक्षा कार्यक्रममा आफ्नो धारणा राख्दै उहाँले काभ्रे महोत्सवले उत्पन्न गराएको निरासा स्थानिय पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउन आयोजित धुलिखेल पर्यटन मेला तथा खाना महोत्सवले पुर्ति गरेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो–“धुलिखेल उद्योग वाणिज्य संघ,होटल एशोसिएसन र धुलिखेल नगरपालिकाबिच सुरुमा जुन सहमति भयो,त्यो कार्यन्वयन भएन,उद्योग वाणिज्य संघ एक्लै हिड्ने भनेसी कहाँ कार्यक्रम सफल हुनु ? त्यसैकारण धुलिखेलको ईज्जत गयो ।”
यद्यपी सुरुमा नरपालिकाको संयोजनमा कार्यक्रम गर्ने सहमति भएकोमा अन्ततगत्व उद्योग वाणिज्य संघ एक्लै महोत्सव आयोजना गर्ने मनस्थीतिमा पुगेपनि घाटा परे केहि आर्थिक सहयोग गर्ने वचन नगपालिकाले दिएको मेयर व्यञ्जुले स्मरण गराउनुभयो ।
उहाँको स्पष्टोक्ती छ– “हाम्रौ घर आँगनको महोत्सव सफल बनाउनु हाम्रो दायित्व हो तर धुलिखेल उद्योग वाणिज्य संघलेनै हाम्रो सहयोग चाँहिदैन भन्दै हिड्यो ।”
सबै मिलिजुली गरे स्थानियमा समेत अपनत्वको महसुस हुने भन्दै मेयर व्यञ्जुले सद्भावपुर्ण सहकार्यबाट मात्र त्यस्ता कामहरु सफल हुने धारणा राख्नुभयो ।
धुलिखेललाई पर्यटकिय स्थलको रुपमा चिनाउन विभिन्न महोत्सव मेलाहरुको भुमिका महोत्वपुर्ण हुने बताउँदै उहाँको सुझाव छ–“समुदायको हितमा यस्ता मेला गर्ने हो ,हामीसंग अनुभव छ,कि नगर्ने,गरेपछि राम्रो प्रभावकारी बनाउनुपर्छ,व्यवस्थापनमा संवेदनशील हुनुपर्छ,नत्र भएको पतिष्ठा पनि सकिन्छ ।”
धुलिखेल नगरपालिकाले पर्यटन गुरुयोजना बनाउदै गरेको जानकारी दिदै उहाँले स्थानिय मिडियाहरुसंग सहकार्यको आवश्यकता औंल्याउनुभयो ।
छोटो समयको तयारीकैबिच “धुलिखेल पर्यटन मेला तथा खाना महोत्सव” सफल बनाउन खट्ने सबै संस्था तथा समुदायप्रति धन्यवाद ज्ञापन गर्दै उहाँले भएका कमीकमजोरीबाट पाठ सिक्न सकिने पनि बताउनुभयो ।
“धुलिखेल पर्यटन मेला तथा खाना महोत्सव” संयोजन समितिका श्रवणकुमार तखाछें र समिर व्यञ्जुले सहकार्यको भावबाट आफुहरुले गरेको खाना महोत्सव भने सफल बनाउन सहयोग गर्ने सबै संघसंस्था,धुलिखेलवासी,सञ्चारमाध्यमलाई धन्यबाद व्यक्त गर्नुभयो ।
धुलिखेल उद्योग वाणिज्य संघको मुख्य आयोजनामा फागुन २३ देखी झण्डै दुई साता सञ्चालन गरिएको काभ्रे महोत्सव(धुलिखेल)मा भने संयौ स्टलहरु राखेपनि ति स्टलहरु रित्तै हुनु,दर्शक नहुनु,सेवाभन्दा शुल्क बढि लिनु,महोत्सको जिम्मा लिने ठेकेदार घाटामा रहेको अवस्थामा ति ठेकेदारहरुबाट मोटा रकम लिएका कारण आयोजकचाँहि नाफामा हुनुलाई काभ्रेवासीले सकारात्मक रुपमा लिएका छैनन् ।
उनिहरुले उक्त महोत्सव असफल हुनुलाई आयोजक उद्योग वाणिज्य संघभित्रका पदाधिकारीको साँघुरो मानसिकताको उपजको रुपमा विश्लेषण गरेका छन् ।