• नमोबुद्ध संवाददाता,,,

धुलिखेल,२७ बैशाख :
मलेसियामा विपक्षी गठबन्धन विजयी भएको छ । सम्पन्न आम निर्वाचनमा पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदले ऐतिहासिक जित हाँसिल गर्नुभएको हो ।

९२ वर्षिय महाथिरले बारिसन नेशनल (बीएन) गठबन्धनलाई पराजित गर्नुभएको हो ।

मलेसियाको निर्वाचन आयोगका अनुसार महातिरको विपक्षि गठबन्धनले चुनावमा ११५ सिटमा जित हाँसिल गरेको छ, तर सरकार बनाउन ११२ सिट भएको पुग्छ ।

महाथिरले कुनै समयमा वर्षौ आफूले नेतृत्व गरेको बारिसन नाशिओनल पार्टी र आँफैले हुर्काएका नेता नजिब रजाकलाई चुनौती दिन राजनीतिबाट अवकाश लिने निर्णय फिर्ता लिनुभएको थियो ।

महाथिरले सन् १९५७ देखि निरन्तर सत्तामा रहेको दललाई आम चुनावमा हराउँदै सानदार राजनीतिक पुनरागमन समेत गर्नुभएको छ ।

जितपछि पत्रकारहरुसँग कुराकानी गर्दै महाथिरले आफूहरुले कुनै बदला नचाहिएको भन्दै कानुनको शासन ल्याउन चाहेको बताउनुभएको छ ।

सन् २०१३ को निर्वाचनमा मलेसियाली राम्रो साथ पाउँदै बुहमत प्राप्त गरेको बिएन गठबन्धन भने मात्र ७९ सिटमा खुम्चिएको छ ।

देशका १३ राज्यमध्ये १२ राज्यबाट संसद तथा राज्यसभाको २ सय २२ सदस्यका लागि निर्वाचन भएको थियो ।

(एजेन्सीको सहयोगमा)

 

प्रतिक्रिया दिनुहोस !