• नमोबुद्ध संवाददाता,,,

काठमाण्डौं,२५ मंगलबार :
सरकारले दस वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम अघि सार्न लागेको छ । सो लक्ष्यसहित ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले श्वेतपत्रनै जारी गरेको छ ।

मंगलबार उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै श्वेतपत्र जारी गर्नुभएको हो । मन्त्री पुनले लामो अध्ययन गरेर श्वेतपत्र ल्याइएको दावी गर्नुभयो ।

श्वेतपत्रमा तीन वर्षभित्र ३ हजार मेगावाट, ५ वर्षभित्र ५ हजार मेगावाट र १० वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ । आगामी १० वर्षमा नेपाललाई मात्रै १० हजार विद्युत् आवश्यक पर्ने अनुमान मन्त्रालयको छ ।

श्वेतपत्रमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना २०७५÷७६ भित्र सक्ने लक्ष्य लिइएको छ । मन्त्रालयले हरेक प्रदेशमा एक ठूलो जलविद्युत् वा सौर्य आयोजना बनाउने योजना अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस !