• नमोबुद्ध संवाददाता,,,

काठमाण्डौं,२४ बैशाख :
हिन्दु धर्मगुरु आचार्य श्रीनिवासलाई मोरङ प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । श्रीनिवास आफैंले आफैंलाई गोली हान्न लगाएको दाबी गर्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गत चैत २५ गते राति विराटनगरमा उनकै अंगरक्षक माधव चौधरीले उनीमाथि गोली प्रहार गरेको र त्यसो गर्न आचार्यले नै लगाएको दावी प्रहरीले गरेको छ । सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरि मोरङ प्रहरीका एसपी अरुणकुमार बिसीले श्रीनिवासकै निर्देशनमा गोली हानेको पाइएको बताउनुभयो ।

आचार्य श्रीनिवासले आफूलाई हातमा गोली हान्न भनेकोमा गोली प्रहार गर्ने व्यक्तिले छातीमा गोली प्रहार गरेको प्रहरीको भनाइ रहेको छ ।

काठमाडौंमा उपचार गराइरहेका आचार्यलाई सोमबारै बिहान काठमाडौंबाट पक्राउ गरेर विराटनगर लगिएको जनाइएको छ । प्रहरीले आचार्य श्रीनिवाससँगै उनलाई गोली हान्ने चौधरीलाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस !